Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णयसँगै प्रधानमन्त्रीलाई भेट्न पुगे प्रचण्ड

काठमाडौं , वैशाख २२ गते । आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णयसँगै एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् ।
Prachanda-kp-oli
केहि बेरअघि मात्रै भएको भेटवार्तामा के विषयमा कुराकानी भयो भन्नेबारे भने केहि खुलाइएको छैन । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उनीहरुबीच भेटवार्ता भएको तर छलफलका विषयवस्तुबारे जानकारी नभएको बताए ।
यसअघि मङ्गलबार साँझ वर्तमान सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र सत्ता साझेदार एकीकृत नेकपा माओवादीका शीर्ष नेताको बैठक बसेको थियो । तर बैठकमा कुनै ठोस कुराकानी भएको थिएन ।
आज बिहान दुवै दलका आफ्ना आफ्ना स्थायी कमिटीको बैठकपछि ओली र प्रचण्डबीच भेट भएको हो ।
प्रचण्ड निवास लाजिम्पाटमा बसेको एमाओवादी स्थायी समितिको बैठकले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न र भूकम्पपछिको पुनःनिर्माणलाई अगाडि बढाउन राष्ट्रिय सहमतिको सरकार बनाउनु जरुरी रहेको औंल्याउँदै त्यसका लागि आफ्नै नेतृत्व आवश्यक रहेको निश्कर्ष निकालेको थियो । - रातोपाटीबाट 

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget