Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बादलले आत्मसर्मपण गरेका हुन्,

काठमाडौँ, बैसाख ३० गते ।  नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एकीकृत नेकपा माओवादीसँगको पार्टी एकताको सम्भावना तत्कालको लागि अन्त्य भएको स्पष्ट पारेका छन् ।


रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा नेता गजुरेलले एमाओवादीले संसद र सरकार दुबै नछाडेसम्म कुनै पनि हालतमा पार्टी एकता हुन नसक्ने ठोकुवा गर्दै विगतमा सहमति नजिक पुगेपनि एमाओवादीकै नीतिको कारण पार्टी एकता हुन नसकेको बताए ।
गजुरेलले भने-‘हामी सच्चा क्रान्तिकारी कम्युनिष्टहरुबीचको एकता चाहन्छौ । हामीले पार्टी पुनःगठन गरेको बेलाको भन्दापनि एमाओवादीको लाईन अति दक्षिणपन्थी भएकोले एकता हुन नसकेको हो ।’ उनले थपे-‘उहाँहरुसँग एकताकोलागि अनौपचारिक कुराकानी भएको हो तर उहाँहरुले संविधान निर्माणको सन्दर्भमा १६ बुँदे सहमति गरेपछि कुराकानी सकिएको हो ।’
उनलेे एमाओवादीले क्रान्तिलाई धोका दिएकोले त्यसलाई जोगाई राख्न आफूहरुले पार्टी पुनर्गठन गरेको उल्लेख गर्दै अलग हुँदा एमाओवादी नेतृत्वलाई लालगद्दार भन्नेहरु नै अहिले मिल्न गएको बताए ।
गजुरेलले महासचिव रामबहादुर थापा बादलले एमाओवादीसँग एकता नभई आन्तसर्मपण गरेको आरोप लगाउँदै यो बामपन्थी पार्टीभित्र रहेका दक्षिणपन्थीहरुवीचको एकता भएको दावी गरे ।
उनले भने,’ दक्षिणपन्थीहरुको एकताले बामपन्थीहरुको एकताको धु्रबीकरण गरेको छ । बादलजीले विचार र राजनीतिलाई तिलान्जली दिई सरकारमा जान हतार भएर गर्नुभएको कथित एकता हो । उहाँले एमाओवादीसँग गरेको १२ बुँदे सहमति पार्टीले पहिला नै अस्विकार गरिसकेको आधार हो ।’
उनले प्रचण्डले तत्काल पार्टी एकताको सम्भावना नदेखेपछि पार्टी भित्रबाट चोइट्याएर लिएर जान थालेको आरोप लगाउँदै यसले पार्टी एकताको बातावरणलाई झनै विगारेको दावी गरे ।
गजुरेलले अब आफूहरु नयाँ जनवादी क्रान्तिको तयारीमा लाग्ने घोषणा गर्दै राज्यले आफूहरुको कुरा जनताका वीचमा राख्न कुनै अवरोध नगरेसम्म हतियार नउठाउने स्पष्ट पारे । उनले भने,’ अहिले हतियार उठाउने बेला भएको छैन । जनतामा जाने बाटो नरोकिएसम्म हतियार उठाउँदैन । राज्यले दमन गरेर जनतामा जान रोको स्वतह हतियार उठ्छ ।’
गजुरेलले राज्यले जनयुद्धकालिन मुद्दा ब्यूँताएर शान्ति प्रक्रिया उल्टाउन खोजेको आरोप लगाउँदै मेलमिलाप नगरी मुद्दा उल्टाउँदै जाने हो भने मुलुक फेरि द्धन्दमा जाने चेतावनी दिए ।
उनले मुद्दा मिल्नेहरुसँग जहिले पनि कार्यगत एकता गरेर अघि बढ्ने पार्टीको नीति रहेको बताउँदै मुद्दा मिले माओवादीमात्रै नभई काग्रेस र एमालेसँग पनि कार्यगत एकता हुन सक्ने स्पष्ट पारे ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget