Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

घरमै डाक्टर पठाइदिने सेवा सुरु



काठमाडौं , वैशाख २६ गते  । तपाईंसँग शुल्क तिर्ने क्षमता छ ।  घरमै चिकित्सकीय सेवा लिन चाहनुहुन्छ तर त्यो पाइरहनु भएको छैन भने त्यसको ब्यबस्था हुने भएको छ । बिरामीको दैलोमै उपचार सेवा उपलब्ध गराउने उद्देश्यको नेपालमा पनि ‘डक्टर एट होम’  सेवा शुरु भएको छ । ‘उपचारको लागि बिरामीले अब अस्पताल धाउने होइन, बिरामीको उपचारको लागि डाक्टर नै घरमा आउने परिपाटी शुरु गर्नुपर्छ’ भनेर यो कार्यक्रम शुरु गरिएको हो । बिरामीहरुको व्यक्तिगत मेडिकल हिस्ट्रीलाई पनि कम्प्युटर प्रणालीमा रेकर्ड राख्न शुरु गरेको छ । जसबाट जुनसुकै बेलामा बिरामीको रोगको बारेमा विस्तृत जानकारी लिन सकिन्छ । बेलायतको मिडलसेक्स विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका युवा क्षितिज मुनंकर्मी तथा दन्तउपचार विषयमा काठमाण्डौमा स्नातक गर्दै गरेकी सुश्री ग्रेस जोशीले काठमाडौंको टंगाल भाटभटेनीमा अस्पताल जान नसक्ने साना केटाकेटी, वृद्धवृद्धा, अपाङ्ग तथा बहुरोग पीडित विरामीहरुलाई लक्षित गरी ‘डक्टर एट होम’ सेवामूलक संस्था शुरु गरेका हुन् । बेलायतलगायत विकसित मुलुकमा फिजिसियनले घरमै जाँच्ने र  ती फिजिसियनले उपचार गर्न नसके मात्रै थप उपचारको लागि बिरामी अस्पतालमा जाने परिपाटी छ । त्यसैले त्यहाँका अस्पतालहरुमा आकस्मिक, दुर्घटना र जटिल खालका बाहेक साधारण बिरामी अस्पताल जाँदैनन्।  ‘विसित देशमा डाक्टर घरमै बोलाउँछन् वा नजिकैको फिजिसियनककहाँ जान्छन्। त्यसैकारण अस्पतालमा नचाँहिने भीड हुँदैन । त्यसैलाई अनुसरण गर्दै नेपालमा पनि यस्तो सेवा शुरु गर्न लागिएको हो,’ ‘डक्टर एट होम’का संस्थापक अध्यक्ष क्षितिजले भने । साधारण रुघाखोकी, ज्वरोदेखि जटिलखालका रोगको उपचारको लागि सबैजना अस्पतालमा जाने परम्परालाई निरुत्साहित गर्दै सानातिना रोगको उपचार घरमै बसेर गर्न सकिन्छ भनेर  सेवा शुरु गरेको उनले बताए । संस्थाले यस्तो सेवाका लागि सदस्यता वितरण गर्नेछ । निर्धारित शुल्क लिएपछि उनीहरुको साधारण स्वास्थ्य परिक्षणको लागि आवश्यक परेको बेलाको साथै महिनामा एकपटक घरघरमै एकजना डाक्टर र एकजना नर्स पठाउने जनाएको छ । यसको लागि विहान ९ देखि साँझ ७ बजेसम्म संस्थामा डाक्टर र नर्स तयारी अवस्थामा रहने बताइएको छ । संस्थाले साधारण सदस्यता, स्ट्याण्डर्ड सदस्यता र प्रिमियम सदस्यता गरि ३ थरीको सदस्यताको वर्ग छुट्टयाई सोही अनुसार मासिक शुल्क निर्धारण गरेको छ । बिरामीले तिरेको शुल्क अनुसारको घरमै डाक्टर आएर नियमित बिरामी जाँच, व्यक्तिगत मेडिकल हिष्ट्री राख्ने, स्वास्थ्य परामर्श, खोप सेवा, औषधि सेवा र प्रयोगशाला सेवा पाउनेछन् । डक्टर्स एट होम सेवा सर्वसाधारणलाई बुझाउन केही समय लागेपनि भविष्यमा यसले विरामीको घरमै उपचार सेवा पाउने परिपाटीलाई संस्थागत गर्न मद्धत पुर्याँउने संस्थाकी कार्यकारी निर्देशक ग्रेस जोशी बताउँछिन् । - स्वास्थ्य खबरपत्रिकाबाट  
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget