Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सावधान ! यसकारण स्मार्टफोनमा अनावश्यक एप डाउनलोड नगर्नुस्




जब तपाइँ आफ्नो स्मार्टफोनमा कुनै एप डाउनलोड गर्नुहुन्छ तब यसले तपाइँको स्मार्टफोनबाट विभिन्न जानकारीहरुको खोजी सुरु गर्दछ ।
यी जानकारीहरुसम्म पुग्नका लागि एपले तपाइँसँग अनुमति माग्दछ र तपाइँले मागेका जानकारी पनि खुरुखुरु दिनुहुन्छ, किनकी तपाइँलाई उक्त एप चलाउने हुटहुटी जो हुन्छ ।
सायद यस्तो नहोला जहाँ तपाइँले एप डाउनलोड गर्दा पहिले अनुमति सूचि हेरेर डाउनलोड गर्ने नगर्ने बारेमा निर्णय गर्नुहुन्छ ।
तर यसरी विना कुनै जानकारी आफ्नो स्मार्टफोनमा अन्धाधुन्ध एपहरु डाउनलोड गर्नु खतरनाक हुन्छ । एप तथा मोबाइल कमर्स कम्पनीहरुले यो पूरै प्रक्रियामा आफ्ना लागि बिजनेसको मौका  खोजेका हुन्छन् ।
एकपटक जब तपाइँ खरीद गर्ने तयारी गर्नुहुन्छ तब तपाइँको इमेल मोबाइल इ कमर्स कम्पनीहरुसँग पुग्दछ ।
जब तपाइँको खरीददारी पूरा हुन्छ त्यसबेला त तपाइँको क्रेडिट वा डेबिट कार्डको जानकारी पनि इ कमर्स कम्पनीसँग पुग्दछ ।
सोही कारण उनीहरुलाई प्रयोगकर्तामाथि निगरानी राख्न तथा प्रयोगकर्ताको रुचीलाई बुझ्न सजिलो हुन्छ ।
सोही प्रकारले जब तपाइँ एप डाउनलोड गर्नुहुन्छ तपाइँको फोन नम्बर, इमेल तथा तपाइँको फोनमा भएका सबै नम्बरहरुको बारेमा एले जानकारी प्राप्त गर्दछ ।
यदि तपाइँले कुनैपनि वेबसाइटको एप डाउनलोड गर्नुभएको छ भने त्यस एपलाइ तपाइँको स्मार्टफोनबाट जानकारी प्राप्त गर्ने इजाजत अवश्य दिनुभएको हुन्छ ।
यसपछि तपाइँको स्मार्टफोनमा आउने जुनसुकै एसएमएसलाई डाउनलोड गरेको एपले पढ्न सक्दछ । एक एपमा तपाइँले गरेको कार्यको सूचना अर्को एपसम्म पनि पुग्दछ ।
जब तपाइँ आफ्नो स्मार्टफोन वा ट्याबलेटबाट अनलाइनमार्फत केही खरीद गर्नका लागि खोजिरहनुभएको हुन्छ एक विशेष सफ्टवेयरले तपाइँको रुचीमाथि निगरानी गरिरहेको हुन्छ ।
तपाइँको डिभाइसको इन्टरनेट प्रोटोकल एड्रेसबाट वेबसाइटलाई तपाइँको पहिलेको रुचीका बारेमा पनि थाहा हुन्छ । र, सोही जानकारीका आधारमा वेबसाइटले तपाइँलाई सोही प्रकारका सामानहरु देखाइदिन्छ ।
यदि तपाइँको बैंकिंग सँग जोडिएका एसएमएस पनि सोही स्मार्टफोनमा आउँदछन् भने ती संवेदनशील तथा गोप्य जानकारीहरु समेत एपसँग पुग्दछन् ।
बैंकमा तपाइँको कति पैसा छ ? हरेक महिना कति पैसा जम्मा हुन्छ ? र तपाइँको बैंकमा रहने औषत मौज्दात कति हो ? भन्ने जस्ता जनकारीहरु समेत एपले एकत्रित गर्दछन् । यसबाट बैंक वा इ कमर्स साइटका एपहरुलाई एप प्रयोगकर्ताको प्रोफाइल तयार गर्न सहयोग पुग्दछ ।
प्रयोगकर्ताको प्रोफाइल तयार गरेसँगै अन्य खाले जानकारीहरु सँगाल्न पनि निकै सजिलो हुन्छ । यसरी प्रयोगकर्ताको प्रोफाइललाई विज्ञापनिक वा व्यापारिक प्रयोजनका लागि प्रयोग गर्ने गर्दछन् । त्यसैले अनावश्यक एपहरु स्मार्टफोनमा डाउनलोड गर्नु निकै खतरनाक हुन्छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget