Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नेपालगञ्जमा विद्यार्थीहरुद्वारा कलेज तोडफोड, अखिल क्रान्तिकारीले जिम्मा लियो



बाँके, वैशाख २८ गते । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज अफ इञ्जिनियरिङ तथा मेनेजमेन्ट नेपालगन्जमा सिभिल ईञ्जिनियरिङ बि.ई.मा अध्ययनरत विद्यार्थीहरुले विभिन्न १० सुत्रीय माग राख्दै कलेजमा तालाबन्दी गरेका छन् ।
College-of-Engeneering-and-Managementआन्दोलनरत विद्यार्थीहरुले कलेजमा तोडफोड समेत गरेका छन् । तोडफोडको जिम्मा माओवादी विप्लव निकट अखिल क्रान्तिकारीले लिएको छ ।
गत २५ गते नै १० बुँदे माग पत्र कलेजका प्रिन्सिपल कर्णबहादुर केकेलाई बुझाए पनि कलेज प्रशासनबाट कुनै सुनवाई नभएपछि आन्दोलनमा उत्रनु परेको कलेजमा बिई प्रथम वर्षमा अध्ययनरत मुनबहादुर रोकायले गुनासो गरे । उनले मागपत्र प्रिन्सिपल केेकेको हातमा नै दिँदा झर्केर हेर्दै नहेरी च्यातेर फालिदिएको बताए ।
‘कलेज प्रशासनले हाम्रो मागको कुनै सुनवाई नै नगरेको कारण विद्यार्थी सबै आक्रोशित हुँदै कक्षामा केही तोडफोड समेत भएको छ,’ उनले भने ।
उनीहरुले थालेको आन्दोलनमा विभिन्न विद्यार्थी संगठनहरुको समेत ऐक्यबद्धता जनाएका छन् । आन्दोलनमा अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित शाह, अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष खुमबहादुर खड्का र नेपाल विद्यार्थी संघ बाँकेका सहसचिव चक्र रावतले विज्ञप्ती जारी गर्दै ऐक्यवद्धता जनाएका छन् भने विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले तोडफोडको जिम्मेवारी लिएको छ ।
उनीहरुले राखेका मागहरुमा कलेजले विश्वविद्यालय मापदण्ड बमोजिम प्राध्यापकको व्यवस्था गरिनुपर्ने, पुस्तकालय कलेज सञ्चालन समयमा खोलिनु पर्ने, प्रयोगशालाको उचित व्यवस्थापनसंग नियमित प्रयोगात्मक कक्षाको व्यवस्था हुनुपर्ने, समय तालिका अनुसार शैक्षिक पठनपाठन हुनपर्ने रहेका छन् ।
यसैगरी विद्यार्थीबाट लिने गरिएको विश्वविद्यालय एफिलेटड शुल्क तथा परीक्षा शुल्क लिने काम बन्द गर्दै लिएको शुल्क फिर्ता गर्नुपर्ने, कलेजको पूर्वाधार निर्माणमा सञ्चालकको चासो हुुनुपर्ने, पाठ्यक्रमले तोकेको अनुसार शैक्षिक भ्रमण र क्याम्पिङ्गको व्यवस्था हुनुपर्ने र प्रत्येक सेमेस्टर परीक्षामा कलेज टप गर्ने प्रथमलाई शतप्रतिशत, दोस्रोलाई पचास प्रतिशत र तेस्रोलाई २५ प्रतिशत छात्रबृत्ति दिने घोषणा कार्यान्वयन गर्नुपर्ने लगायतका मागहरु रहेका छन् ।
आन्दोलनमा रहेका एक विद्यार्थीले भने, ‘हामीले पटक-पटक कलेज प्रशासनलाई कलेजको शैक्षिक अवस्था सुधारको लागि लिखित मौखिक अनुरोध गर्‍यौं तर, हाम्रो कुरा सुन्नु त परै जावस् उल्टो गालि गलौजमा उत्रने काम गरेकाले आन्दोलनमा उत्रन बाध्य भएका हौं ।’
पोखरा विश्वविद्यालयबाट छात्रबृत्तिमा सो कलेजमा अध्ययनरत विद्यार्थीलाई पढाईको गुणस्तरको कुरा गर्दा छात्रबृत्ति नै खारेज गरिदिनेसम्मका धम्की विद्यार्थी र उनीहरुको अभिभावकलाई कलेज प्रशासनले दिएको तेस्रो वर्षकी छात्रा शान्ति अधिकारीले गुनासो गरिन् ।
उनले भनिन् ‘म पोखरा विश्वविद्यालयबाट उपलब्ध गराइएको छात्रबृत्तिमा अध्ययन गर्न आएकी हुँ तर, कलेजले हाम्रो भविश्यमाथि नै खेलवाड गर्नेगरी कक्षा सञ्चालन र प्रयोगात्मक कक्षा सञ्चालन नगरेको कुरा उठाउँदा मेरो घरमा पटक-पटक फोन गरेर छोरीलाई सम्झाउनु पर्‍यो नत्र छात्रबृत्ति खारेज गरिदिन्छु भनेर धम्काउने कहाँसम्मको दादागिरी हो ?’
कलेजले नियमित कक्षा सञ्चालन गर्न नसकेको कारण एकैदिन पुरै सेमेस्टरको पाठ पढाउने गरेको आरोप लगाउँदै उनले भनिन्, ‘कलेज प्रशासनले नियमित प्राध्यापक उपलब्ध गराउनुको साटो ६५ घण्टाको कक्षा लगातार दिनभरी पढाएर सकाउने कार्य गरेको छ । त्यस्तो पढाइले कस्तो सिभिल ईञ्जिनियर बन्ने हो हामी ?’
कलेजको खण्डन
यसैबीच कलेजका प्रिन्सिपल केकेले विद्यार्थीहरुले आफूलाई आन्दोलनको बारेमा पूर्व जानकारी नदिएको दावी गरे । उनले भने, ‘निजी क्षेत्रबाट सञ्चलनमा रहेको कलेज हो । अधिकांश विद्यार्थीले नियमित शुल्क नै तिरेका छैनन् । कलेज भर्ना भएपछि कलेजले लिने शुल्क त तिर्नै पर्‍यो तर, केही विद्यार्थीहरु शुल्क तिर्न नपरोस् भनेर कलेजको शैक्षिक वातावरण विगार्न खोजेका छन् । कलेज प्रशासन गम्भीर छ ।’
उनले कलेजलाई पूर्वजानकारी नै नदिइ एक्कासी माग राख्ने र तोडफोडमा विद्यार्थीहरु उत्रेको कारणले आफू कलेज नआएको बताए । उनले भने, ‘हामीले कसैलाई धम्काएका छैनौं र विद्यार्थीले कलेजको नीति नियमभन्दा बाहिर गएर कक्षा नलिने, अनावश्यक होहल्ला गर्नेका घरमा उनीहरुको गतिविधिबारे जानकारी दिने गरेका छौ ।’ - आरपी सुवेदी , अनलाइन खबरबाट 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget