Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

भोजपुरका कृषक सतुवा खेतीमा आकर्षित


भोजपुर , वैशाख २२ गते । सतुवा खेतीबाट राम्रो आम्दानी पाइने थाहा पाएपछि भोजपुरको उत्तरी भेगका कृषक सतुवा खेतीतर्फ आकर्षित भएका छन् ।
जडीबुटी प्रजातिमा पर्ने सतुवाले पायल्स, मुटुको रोग, हाडजोर्नी, ढाड दुख्नेजस्ता २० प्रकारका रोगको नियन्त्रणमा प्रयोग हुने र महङ्गो मूल्यमा बिक्री गर्न सकिने थाहा पाएपछि उनीहरूको सतुवाखेतीमा आकर्षण बढेको हो ।  
जङ्गलमा पाइने सतुवालाई गाउँघरमा सर्पदंश अर्थात् सर्पको मकै भनेर चिनिने गरेको छ । यसको पातलाई घाँसका रुपमा प्रयोग गर्दै आएका उनीहरूले विस्तारै जरासँगै बोट नै हराउन थालेपछि उनीहरूले सतुवाको बारेमा सोधीखोजी गर्दा अमूल्य जडीबुटी भएको थाहा पाएका थिए ।
जङ्गलको सतुवा लुकिछिपी चोरी निकासी हुन थालेपछि स्थानीयले सामुदायिक वनका समितिमार्फत रोक लगाएर आफ्नो बारीमा सतुवा फैलाउन थालेका छन् । सतुवाको सुकेको गानो प्रतिकेजी गाउँमै रू. आठ हजारसम्ममा बिक्री हुँदै आएको छ । भोजपुरको उत्तरी गाविस साङपाङ, किमालुङ, बोयालगायतका गाविसमा खेती हुँदै आएको सतुवा बिक्री गर्नेबारे उचित ज्ञान नभएको कारण बिचौलियामार्फत बिक्री गर्दै आएको साङपाङ–६ का प्रेमदोची शेर्पाले बताए ।  
केही वर्ष अघिसम्म गाउँका सीमित घरमा मात्रै खेती हुँदै आएको सतुवा अहिले प्रायजसोले खेती गर्न थालेका छन् । औषधी बनाउनका लागि विदेशमा महङ्गो मूल्यमा निर्यात हुने सतुवा गानो बनाएर र बिरुवाको नर्सरी लगाएर वार्षिक लाखौँको आम्दानी गर्दै आएका छन् । रासस
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget