Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

गठबन्धनका ७ सहित ९ दलद्वारा संसद बहिष्कार





काठमाडौं , वैशाख २९ गते । संघीय समावेशी मधेसी गठबन्धनका सात दलसहित नौ दलले आज पनि संसद बैठक बहिष्कार गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलअघि नै उनीहरुले बैठक बहिष्कार गरेका हुन्।


बहिष्कारअघि नेपाल सद्भावना पार्टीकी सांसद डिम्पलकुमार झाले संघीय गठबन्धनले उठाएका मागहरु सरकारले नसुनेको भन्दै आपत्ति जनाएकी थिइन्। 'आन्दोलनमा रहेको गठबन्धनलाई साथ लिएर जाने कष्ट सरकारले किन गर्दैन?’ उनको प्रश्न थियो।

झाले आफूहरु पनि 'नेपाल देशको नागरिक हौं भन्ने महसुस' गराउन सरकारसँग माग गरिन्। उनले बजेटमा पनि मधेसलाई पाखा पारिएको र बाढीपीडितप्रति बेवास्ता गरिएको बताइन्।

'सरकार वार्ताको नाममा पाखण्ड गर्छ। कांग्रेस र माओवादीलाई राखेर वार्ता हुनुपर्छ,' उनले भनिन्।

संघीय गठबन्धनका संघीय समाजवादी फोरम नेपाल, सद्भावना, तमलोपा, तमसपा, नेपाल सद्भावना र फोरम गणतान्त्रिक सहित नेपाली जनता दल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटले संसद बहिष्कार गरेका हुन्।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget