Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

यी बाबू जस्ले गरे आफ्नै १६ महिने छोरी संग बिबाह, आखिर किन ?



एजेन्सी / शीर्षक पढ्दा निकै नै लाजमर्दो छ । कुनै पुरुषले आफ्नी १६ महिनाकी छोरीसँग बिहे गर्ने भन्ने कुरा दुनियाको सबैभन्दा निकृष्ट कार्यमा पर्ला । तर यी पुरुषले आफ्नी छोरीसँग बिहे गर्नुको खास कारण थाहा पाउनुभयो भने तपाइँ साँच्चीकै भावुक बन्नुहुनेछ ।


बेलायतका ३१ वर्षीय एन्डी बर्नाडले आफ्नी १६ महिनाकी छोरी पपी मेइसँग बिहे गरेका छन् । वास्तवमा पपी ब्रेन क्यान्सरबाट पीडित छिन् र उनी अब केवल दुइ दिन मात्र बाँच्नेछिन् । छोरीको यस्तो अवस्थाबाट असह्य भएर एन्डीले आफ्नै छोरीसँग बिहे गरे ।

रोयल एयर फोर्सका सैनिक समेत रहेको एन्डी बेलायतको नरफोकमा बस्दछन् । छोरी पपी जन्मिएर अस्पतालबाट घरमा ल्याउँदा आफुले छोरीको बिहेको सपना देखेको तर सो सपना यस्तो किसिमले पूरा गर्नुपर्ला भन्ने आफुले कहिल्यै कल्पना पनि नगरेको उनी बताउँछन् ।

आफुले छोरीलाई उनको बिहे गराइदिने बाचा पूरा गर्नका लागि आफैसँग बिहे गराइदिएको उनको कथन छ ।फेब्रुअरीमा बिरामी परेपछि अस्पताल पूराइएकी पपीको मृगौलामा क्यान्सर भएको पत्ता लाग्यो ।

पछि उक्त क्यान्सर फोक्सोसम्मै पुगेको थाहा भयो । केमोथेरापी पनि गरियो । तर यहीँ मार्च १६ मा पो थाहा भयो उनलाई ब्रेन क्यानसर पनि रहेछ ।डाक्टरहरुले अब उनी नबाँच्ने भनिसकेका छन् ।

त्यसैलै व्यर्थको उपचारका कारण छोरीलाई पीडा नहोस् भनेर आफुहरुले उनलाई घर लगेको आमा स्यामी बताउँछिन् । बुवासँग बिहे गर्नुअघि पपी बुवा एन्डीकै काखमा सुतेकी थिइन् । अब उनले यो संसार छाड्नुअघि बचेको समयलाई पूर्णरुपमा पपीको साथमा खुसीसाथ बिताउन एन्डीको परिवार लागिपरेको छ।


Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget