Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मुलुकमाथि चौतर्फी आक्रमण भयो, भारतीय एजेन्सीले उपद्रो मच्चाउँदा अप्ठेरो प्रम:सल्लाहकार रिमाल

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार एवं नेपाल ट्रेड यूनियन महासंघ (जिफन्टका) अध्यक्ष विष्णु रिमालले संबिधान जारी भएपछि मुलुकमाथि चौतर्फी आक्रमण भईरहेको बतएका छन् । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) अन्तर्गत बैंक, वित्तिय तथा सहकारी क्षेत्र कर्मचारी यूनियन स्थापनार्थ आयोजित भेलाको उद्घाटन गर्दै प्रमुख सल्लाहकार रिमालले नेपाल र भारतबीचको सम्बन्धमा खाडल पैदा गर्न भारतीय केहि एजेन्सीहरुले उपद्रो मच्चाएको आरोप लगाए । रिमालले भने, ʽअहिले हामी धेरै सहज अवस्थामा छैनौं । संबिधान जारी भईसकेपछि हाम्रो मुलुकमा चौतर्फी आक्रमण भएको छ । अनुहार हेर्दा नेपाली लाग्ने, नागरिकता हेर्दा नेपाली लाग्ने मानिसहरुबाटै पनि नेपालला
ई अहित हुने अभिव्यक्ति क्रियाकलापहरु हामीले पाएका छौं । त्यो जटिलता र चुनौति हामीकहाँ रहेको छ ।ʼ 
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतको दक्षिणी प्रदेश गुजरातमा सम्बोधनकाक्रममा त्यहाँका अधिकाँस जनताले नेपालको संबिधानप्रति समर्थन गरेकोे भेटिएको उनको भनाई थियो । प्रमुख सल्लाहकार रिमालले भने,ʽनेपालको संबिधानप्रति भारतीय जनताको बिरोध छैन केहि प्रभुत्व व्यक्तिले मात्र बिरोध गरेको भेटियो ।ʼ ʽमात्र भारतमा केहि एजेन्सीहरु छन्, जुन एजेन्सीहरु नेपालको राजनीतिक तह र भारतीय राजनीतिक तहको बिचमा खाडल पैदा गर्न चाहन्छन् । कहिले उनीहरु बेलायततीर गएर उपद्रो मच्चाउछन्, कहिले उनीहरु ब्रसिल्सतीर गएर उपद्रो मच्चाउँछन् त्यो उपद्रो मच्चाउनेहरुबाट बेला बेलामा हामीले अप्ठेरो महशुस गर्नुपरेको छ ।ʼ उनले भने । 
दुई देश बीचमा पानी धमिलो पार्नेबाट जोगिनुपर्ने उनको जोड रहेको थियो । नेपालको संबिधान छिमेकी देशहरुको तुलतामा उत्कृष्ट रहेको उनको दाबी थियो ।
दुनियाँमा कुनैपनि उपनिबेशीक मालिक छैन । 
प्रमुख राजनीतिक सल्लाहकार रिमालले भूगोल र जनसंख्याका आधारमा देशहरु साना ठूला हुनसक्ने तर सार्वभौमसत्ता र स्वतन्त्र मुलुकको हिसाबले नेपाल कुनै मुलुकभन्दा सानो नभएको दाबी गरे । उनले भने, ʽअहिले दुनियाँमा कुनैपनि उपनिबेशीक मालिक छैन । जसको कारण उसको आदेश मान्न परोस् । नेपालका कोहि मालिक होईनन्, कोहि साथी हुन सक्छन्, साथी हुन सक्दैनन् भने त्यत्तिकै छेउमा बस्दा हुन्छ ।ʼ नेपालले कसैलाई शत्रु बनाउन नचाहेको उनको भनाई थियो । 

नारायण अधिकारीको अध्यक्षतामा बैंक, वित्तिय तथा सहकारी क्षेत्र कर्मचारी यूनियन स्थापना

बैक, वित्तिय तथा सहकारी क्षेत्रका कर्मचारीको पहिलो भेलाले मेचीदेखि महाकालीसम्मको प्रतिनिधित्व हुनेगरि नारायण अधिकारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । यूनियनको उपाध्यक्षमा प्रदिप दाहाल, महासचिवमा दिव्यराज सापकोटा, आर्थिक सचिवमा भैरव श्रेष्ठ र महिला सचिवमा जमुना गिरी बराललाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा नारायणीबाट उमाकान्त पौडेल, सगरमाथाबाट सुनील झा, महाकालीबाट प्रेम ऐरी, लुम्बिनीबाट भुपराज भट्टराई, वागमतीबाट बिमल दाहाल, कोशीबाट मन्दिरा भट्टराई, वागमतीबाट भवानी उप्रेती, गण्डकीबाट सन्तोष शर्मा र नारायणीबाट कमला गिरीलाई चयन गरेको छ । नवनिर्वाचित कमिटिलाई सपथ गराउँदै जिफन्टका कार्यबाहक अध्यक्ष हरिदत्त जोशीले बैक, वित्तिय तथा सहकारी क्षेत्रका श्रमिकहरुले जिम्मेवार ढंगमा काम गर्नुपर्ने भन्दै कार्यकाल सफलताको सुभकामना व्यक्त गरेका थिए । 
माघ १८ गते जिफन्टका सचिव दिनेश राईको नेतृत्वमा रहेको अभियान समूहले बैंक, वित्तिय तथा सहकारी क्षेत्र कर्मचारी यूनियन संगठित गराएर यस क्षेत्रका कर्मचारीलाई जिम्मेवारी हस्तान्तरण गरेको हो । उक्त अभियान समूहमा जिफन्ट सचिव केशव दुवाडी, जिफन्ट वागमती अञ्चल अध्यक्ष रामहरि नेपाल, जिफन्ट युवा कमिटी अध्यक्ष दामोदर सापकोटा र युनिट्राभका महासचिव सुमनप्रसाद पराजुली रहेका थिए ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget