एजेन्सी: अब क्यान्सरको उपचारमा एप्सले मद्दत गर्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ।तर सूचना प्रविधिको विकास र विस्तारसँगै क्यान्सरका बिरामीका लागि यो सम्भव हुने देखिएको छ। अब चिकित्सकले क्यान्सर रोगको जाँच एप्सबाटै गर्न सक्नेछन्।

यो एप्सको माध्यमबाट क्यान्सरका बिरामीले चिकित्सक/स्वाथ्यकर्मीको समपूर्ण रुपमा जानकारी पाउनेछन् जसबाट क्यान्सरको लक्षण, संकेत वा तस्बिर संलग्न गरिएको हुनेछ।
यो एप्सलाई चिकित्सकले एप्पल वा गुगलको एप स्टोरबाट डाउनलोड गर्न सक्नेछन्। यो एप्स बनाउन स्कटल्यान्डको सरकारले सम्बन्धित क्यासरका बिरामीको उपचारका लागि भनेर बुँदागत निर्देशन जारी गर्दै एप तयारी गर्ने फैसला गरेकको थियो।
यसलाई अहिले वेस्ट अफ स्कटल्यान्ड युनिभर्सिटीका स्कटिश सेन्टर फर इनेबलिङ टेक्नोलोजीजले बनाइसकेको छ। बिरामी र डाक्टरको लागि बनाइएको यो एप्सको वाइफाइमा लगातार अपडेट गर्न सकिनेछ। यसबाट चिकित्सकले सधै पलपलको जानकारी लिइरहन पाउनेछन्। यो एप्सले अफलाइनमा समेत काम गर्नेछ।
स्कटल्यान्डका स्वाथ्यमन्त्री शोना रबिसनका अनुसार यो एपले स्वास्थ्यकर्मी र क्यान्सरका बिरामीको सहयोगबाट बनाइएको हो। चिकित्सक/डाक्टर, फर्मासिस्ट तथा वरिष्ठ नर्सलाई क्यान्सर लागे/नलागेको शंका मेटाइदिन एपले मद्दत गर्नेछ।
उनले भनेका छन्, 'जति छिटो क्यान्स रोग पत्ता लगाएर उपचार गरे, त्यति नै क्यान्सरको बिरामीको जीवन बच्नमा मद्दत पुग्न सक्छ। क्यान्सर लगाेको सुरुको अवस्थामै थाहा पाए धेरै मानिसलाई मृत्युको मुखबाट बचाउन सकिनेछ।'
ग्लासगोको एक जनरल फ़िज़िशियन डा. डगलस रिगले यो एप बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनले भनेका छन्, 'यो एपको माध्यमबाट बिरामीले क्लिनिकमा सजिलै निर्णय लिन सक्नेछन्। मोबाइल अहिले जनरल फिजिसियनको उपकरण र एप एक महत्वपूर्ण हिस्सा बनिसकेको हुनेछ।'
-एजेन्सीको सहयोगमा - सहदेव चौधरी , अन्नपूर्ण पोस्टबाट
Post a Comment