
‘सरकार साब आउने रे । ढिँडो र लोकल कुखुरा खुवाउने हो,’ उनले भनिन् । मंगलीकै घरमा बेलायती राजकुमार ह्यारीले रात बिताउने छन् । उनको खानपान र बसाईलाई आरामदायी बनाउन उनी बिहानैदेखि खटिएका छन् । उनको घर एकतलेको भएका कारणसँगै रहेको ठूलोछोरा डिलबहादुरको साइँलो छोरा मेनबहादुरको घरमा ह्यारीले बास बस्नेछन् ।
‘कोदोको पिठो पिनिसकेको छु । २ वटा कुखुराको भाले खोजीसकेको छु । सुत्ने खाट र ओछ्यान पनि तयार छ । खान खाने मेरै झुपडीमा हो,’ उनले उत्साहीत हुँदै भनिन् ।
उनको स्वागतका लागि गौँडाका स्थानीय तयारीमा जुटेका छन् ।
उनी सोमबार दिउँसो पौने ३ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत गौँडा–४, भीरकुनामा ओर्लिनेछन् । बेलायती भूपू सैनिकको २ वटा निर्माणाधिन घर हेरेपछि निर्माण हुँदै गरेको लालीगुराँस प्रावि हेरेर साँढे १ घण्टाको बाटो ट्रेकिङ गरी लेउरानी पुग्नेछन् । साँझ सूर्यास्त हेरेपछि स्थानीयले प्रदर्शनले गर्ने सँस्कृतिमा उनी रमाउने छन् । त्यसपछि मंगलीको परिवारसँगै खाना खाएर बास बस्नेछन् ।
मंगलबार बिहान उठेर सूर्योदय हेर्ने र त्यसपछि फेरी १ घण्टाको ट्रेकिङ गरेर गौँडा मावि ओखरीको निर्माणाधिन भवन हेर्ने कार्यक्रम छ । त्यसपछि विद्यार्थीसँग भलिबल खेल्ने र होली खेल्ने कार्यक्रम रहेको छ । त्यसपछि दिउँसो उनी फर्कने कार्यक्रम रहेको छ ।
Post a Comment