
इटहरीमा शुक्रबार बिहान पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले उक्त कुरा बताएका हुन । संविधान संशोधन र सिमांकनका माग पुरा भएपछि संविधानको सफल कार्यान्वयनका लागि उपेन्द्र यादव लगायतका मधेसी नेताहरु समेत सम्मिलित राष्ट्रिय सरकार निर्माणका लागि आफूहरुले पहल गरिरहेको खुलासा समेत शर्माले गरेका छन् ।
उनले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा उपेन्द्रजीहरु समेत सहभागि राष्ट्रिय सरकार बन्छ जस्ले संविधानको सफल कार्यान्वयन गर्ने छ ।’
प्रधानमन्त्रीको भारत भ्रमणलाई ‘नियमित भ्रमण’को रुपमा आफूले लिएको शर्माले बताए । प्रधानमन्त्री भारत जानुअघि आफूहरुले विगतका सहमतिको कार्यान्वयन र लामो समयदेखl चल्दै आएको प्रशासनिक र कुटनीतिक सम्बन्धलाई राजनीतिक बनाउन पहल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।
तत्कालै सरकारबाट कुनै मन्त्रीलाई फिर्ता बोलाउने वा सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा एनेकपा माओवादी नरहेको स्पष्ट पार्दै शर्माले संविधानको सफल कार्यान्वयनका लागि राष्ट्रिय सरकारको आवश्यकता रहेको बताए ।
फुटेर गएका साना पार्टीहरुसँग एकता गर्ने तयारी गरिरहेको बताउँदै शर्माले बाबुरामले माक्सवादनै छाडेर गएकाले उनीहरुसँगको एकता वा सहकार्यता सम्भव नभएको बताए । उनले भने, ‘कम्युनिष्टको झण्डा मुनि रहेका र माक्सवादलाई स्विकार गर्नेहरुसँग मात्र एकता हुन्छ विजातीयहरुसँग एकता सम्भव छैन ।’
मधेसका मागहरुलाई सम्बोधन भएका कुराहरु भन्दा संविधानका बारेमा नकारात्मक कुरा बढी मधेसमा फैल्याइएको र त्यसलाई चिर्न दलहरु चुकेकाले पनि पछिल्लो समय मधेस अशान्त भएको कुरा बताउँदै उनले अब संविधानको सफल कार्यान्वयनका लागि सबै एक हुनु पर्ने उल्लेख गरे ।
संविधान जारी हुनु दुई दिनअघि आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विषेश दुत जय शंकरले सबै राजनीतिक दलका नेताहरुलाई ‘छासे’को तर बाबुरामलाई भने त्यसले बढी असर गरेको खुलाउँदै शर्माले भने, ‘जयशंकरले मोदीको लाठीले सबै नेताको टाउकोमा ट्वाक ट्वाक्क हाने पनि बाबुरामजीले भने हातगोड छाड्नु भो ।’
संविधान सभाबाट संविधान जारी भइरहेको बखत पनि बाबुराममा जुन खुसी देखिनु पर्ने थियो त्यो नदेखिएको टिप्पणी शर्माले गरे । उनले बाबुरामले पार्टी छाड्नका पछाडि भारतको अघोषित दबाब रहेको बताए ।
Post a Comment