काठमाडौं,माघ २६ गते । राति निधन भएका कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्तिम संस्कार पर्सि बिहीबार गरिने भएको छ ।

१३ औं महाधिवेशनमा देशभर व्यस्त कार्यकर्ताहरु पनि श्रद्धाञ्जली दिन आउने भएकाले उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि दुई दिनसम्म पार्टीको सानेपास्थित केन्द्रीय कार्यालयमा राखिने भएको हो ।
सोमबार राति १२ बजेर ५० मिनेटमा निमोनियाका कारण ७९ वर्षमा निधन भएका उनको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेदेखि सानेपामा श्रद्धाञ्जलीका लागि राखिने भनिएपनि आफन्तहरु कोइराला निवास महाराजगन्जमा ढिलोसम्म आउने क्रम रहेपछि केहिबेर ढिलोगरी सानेपातर्फ लगिएको छ ।
सभापति कोइरालाको निधनपछि फागुन २० बाट २३ सम्म हुन लागेको १३ औं महाधिवेशन पनि चैत ३ गतेसम्मका लागि स्थगित भएको छ ।
कोइराला निवासमै भएको पार्टी पदाधिकारीको अनौपचारिक बैठकले १३ दिनसम्म शोक मनाउने निर्णय गर्दै हाल जारी जिल्ला तथा क्षेत्रका अधिवेशन पनि यथाअवस्थामा स्थगित गर्ने निर्णय गरेको थियो ।
- अन्नपुर्ण पोस्ट बाट
Post a Comment