
खानेपानी परियोजनाको ३ स्थानमा ड्रिलिङको काम सकिएको छ भने दुई स्थानमा ड्रिलिङको काम भईरहेको छ । बाँकी रहेका स्थानमा पनि ड्रिलिङको काम ६ महिना भित्रमा सकिने परियोजनको परामर्शदाता कम्पनीका प्रमुख अनिल नेपालले बताए ।
उनका अनुसार धरान स्थित कुम्भी आहालमा २ वटा र चारकोशे जंगलमा रहेको कुमारखत सामुदायिक वन क्षेत्रमा एउटा ड्रिलिङको काम सकिएको छ भने वन क्षेत्रमै २ वटा स्थानमा ड्रिलिङको काम भईरहेको छ । धरान क्षेत्रमा ३ सय ८० किलोमिटर पाईप लाईन बिछ्याईने छ । जस मध्ये प्रत्येक महिना ३० किलोमिटर पाईन लाईन बिछयाउने गरिएकाले १३ महिनामा धरानका सबै क्षेत्रमा पाईपलाईन बिछ्याई सकिने छ ।
नेपालका अनुसार अनुसार रेल्वे सव स्टेशन धरान ११ स्थित विष्णु टोलमा ५ लाख लिटरको रिजर्भवेयर ट्याङकी निर्माण भईरहेको छ । धरान उपमहानगरपालिकाले खरिद गरेको ३ कट्ठा जमिनमा निर्माण भईरहेको रिजर्भवेयर ट्याङकीबाट ११ र १७ नं. वडाका स्थानियवासीलाई ६ महिना पछि पानी खुवाउने लक्ष्य लिईएको छ । घर–घरमा पानी पुर्याउन पाईपलाईन बिछ्याउने काम चालु रहेकाले ६ महिना भित्रमा परिक्षण वितरण शुरु गरिने तथा प्रेसर र लिकेज परिक्षण गरे पनि पुर्णरुपमा पानी वितरण शुरु हुने उनले वताए ।
Post a Comment