Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

हतियारसहित फरार अभियुक्त पक्राउ

सिरहा, फाल्गुन ६ गते । विभिन्न जघन्य मुद्दाका फरार एक अभियुक्तलाई सिरहा प्रहरीले हतियारसहित मङ्गलबार नै पक्राउ परे पनि आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रामपुरबिर्ता–३ घर भई हाल मिर्चैया नगरपालिका–१ मा बस्दै आएका २८ वर्षीय धनेश्वर भन्ने दीपेन्द्रकुमार यादव छन् ।


bb


लुकीछिपी नेपाल प्रवेश गर्ने क्रममा सिरहा नपा–१५ पटेर्वाबाट विशेष सुराकीको आधारमा यादवलाई एक पेस्तोलसहित पक्राउ गरी अनुसन्धानपश्चात् आज सार्वजनिक गरेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो ।


एसपी ज्ञवालीका अनुसार पक्राउ परेका यादव यसभन्दा अगाडिसमेत हातहतियार खरखजाना मुद्दामा एक वर्ष कैद भुक्तान गरी रु ८० हजार जरिवाना तिरी २०७१ कात्तिक १ गते जिल्ला कारागार सिरहाबाट रिहा भएका थिए ।

२०७२ जेठ १३ गते साँझ ७ बजेको समयमा मिर्चैया नपा–११ स्थित कमला सिँचाइ नहरको नजिक सोही नहरका ठेकेदार अजय पौडेललाई गोली हानी ज्यान मार्ने प्रयास गरेका थिए । सो मुद्दा पनि यादवमाथि परेकाले सोही दिनदेखि लुकीछिपी बस्दै आएको थियो– एसपी ज्ञवालीले भन्नुभयो ।

यादवले विगतदेखि नै विभिन्न व्यक्तिलाई पटक पटक फोन गरी धम्क्याउने तथा आफूलाई भूमिगत गिरोहका नाइकेको रुपमा सिरहा जिल्लामा त्रास फैलाउँदै आएको सिरहा प्रहरीको दाबी छ । उनीमाथि हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेको एसपी ज्ञवालीले जानकारी दिनुभयो ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget