Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

निति प्रधान कि नेता प्रधान ?

 

kk

– ध्वज बहादुर कुवँर

नेपाली काँग्रेस १३ औ जिल्ला अधिवेशन सफलताका साथ सम्पन्न भएको छ . नेपाल शिक्षक संघ अछामको उत्तरदायी भुमिका गाँउ नगर जिल्लाको निर्वाचनहरु सम्पन्न गर्न सफल भयो . स्थानिय स्तरमा भएको अधिवेसनमा नेपाली काँग्रेसकाकार्यकताहरुमा हौसला र जाँगर जागेरआएको थियो .निर्वाचको परीणामले कतिलाई खुशीगरायो भने कति कार्यकर्ता दुखी भए क्षेत्रनं.१ मा काँग्रेस नेता श्री नैनसिह कडायत, हर्ष प्रसाद भट्ट लगाएतका संघर्षशिल कार्यकर्ता महाधिवेशनमा हार्न र हर्कमानस्वार जस्ता नव आगुन्तुकले विजय प्राप्तगर्न आश्र्चय जनक घटनाका रुपमा रहीरहने छ । क्षेत्र नं. २ मा वाहाल वालाशिक्षकले विजय प्राप्त गर्र्न र माननियराम वहादुर विष्टले पराजय वेहोर्न नौलोविषय वन्न पुगेको छ . नोकरी, व्यापार,ठेकेदारी र ल्न्इ चलाउने कार्यकर्ता र विशुद्ध राजनितीमा लागेर सेवामा सर्मपित कार्यकर्ताविच भेद नदेखिने नेपाली काँग्रेस पार्टीभोली कता जादैछ सोचनीय भएको छ ।

यो पार्टी कता जादैछ ?


अछाम जिल्लाको प्रतिनिधीत्व गर्नेमामाननीय गोविद्ध वहादुर शाह चुप छन् मेघराज खड्का जीको मौनता अर्थपुर्ण हुनुपर्छ । माननीय रामवहादुर विष्ट ज्यु किकर्तव्य विमुढ भएका छन् । माननीय वलहादुर कुवर तथा अक्कल विष्टका मुखवाट शेर वहादुर दाई जिन्दावाद भन्ने सिवाह कुनै कुरा सुन्नमा आउदैन । हरेक कार्यकर्ताको मुल्याङ्कन गर्ने कसी जनता हो र निर्वाचन हो ।




तर राजनितीका लागि जनताकोपक्षमा योगदान दिएका वलिदानी मानिसहरुले जव पराजय भोग्नु पर्छ तव जनमानसमा पिडावोध अस्वयंभावीहुन्छ . सन्तनेता किसुनजी एमालेका मदनभण्डारी जी सँग चुनाव हार्नु भयो . काठमाण्डौको नयाँवानेश्वरमा प्रखर चिन्तकप्रदिप गिरीले जनतालाई सम्वोधन गर्दैभन्नु भयो काठमाण्डौ वासी दिदी वहिनीदाजुभाईहरु तपाईहरुको भोटले किशुनजि ले हार्नु भया जो हुनु थियो भयो .तपाईहरु सँग मात्रै एउटा कुराको कसमखान आग्रह गर्दछौ कि तपाईहरु को स्कुल बोडिङ्मा पढ्ने नानीहरुलाई किशुन जीहार्नु भएको कुरा नसुनाई दिनु होला तिनानीहरु प्रश्न गर्ने छनकी किशुन जि कोहुन ? र चुनाव किन हार्नु भयो ? उहाँका घर काठमाण्डौको कुन ठाँउमा छ ? उहाको पनि छोरा छोरी छन की छैनन ? उहाँले यो देशको लागि दिनु भएको योगदान के थियो ? र मदन भण्डारीले कसरी जिते ? तपाईहरुले भन्नै पर्ने वाध्यता रहने छ कि किसन जिको कुनै घरवार थिएन र विवाह पनि हुनपाएन उहाँ जनताको स्वतन्त्रताका लागिमुक्ति आन्दोलनका लागि जहानियाराणा शासनको विरुद्ध लड्नु भयो .निरंकुश राजतन्त्रकाविरुद्ध लड्दै गर्दा १५ वर्ष जेल वस्नुभयो।  उहाँको जीवन प्रजातन्त्रकालागि समर्पीत थियो ।  उहाँको देहवसानहुदा लाखौ लाख मान्छेले थाहा पाएकी अन्तीम समयमा यो देशका प्रधानमन्त्री भएको व्यक्ति डेरामा वस्नुभयोे । सम्पतिको नाममा ! वाकस,छाता र पानी खाने सुराही सिवायकेही थिएन यो कुरा तपाईका नानीहरुलेसुने भने तपाईहरुलाई धिक्कार गर्नेछन् ।

राष्ट्रको लागि लडेका मानिस आफ्नो कुनै निजी स्वार्थ नभएको सन्त पुरुष किन हार्नु भयो र मदन भण्डारीले कसरी जित्नु भयो यसको पनि विशेष अर्थ हुन सक्छ । २०४६सालको जनआन्दोलनमा किसुन जी पार्टी सभापति र माहामन्त्रिमा गिरीजा वावुहुनु हुन्थ्यो ।  जव सर्वोच्च कमाण्डर गणेशमान सिहं ले जन आन्दोलन २०४६को घोषणा गर्नु भयो ।  तत्कालिन माले र माक्र्सवादीहरु पनि कार्यगत एकताका रुपमानेपाली काग्रेसलाई सर्मथन दिन मन्जुर भएका थिए . साहाना प्रधान, मनमोहन अधिकारी आर.के मैनाली, सिपी मैनालीको नाम सुन्नमा आए पनि मदन भण्डारीको भने आन्दोलनको सफलता भनौ वहुदल प्राप्ती पछि मात्र जनताका विच सुन्नमा आएको थियो । चुनावमा किशुनजि को प्रत्यासी हुदा धेरैले पछि थाहा पाए मदन भण्डारीको आफ्नोचमत्कारीक व्यक्तित्वले काडमाण्डौको जनता आर्कर्षित हुदै गयो ।  एउटा चुनावी आमसभामा भन्नु भयो मलाई किसुनजीसँग चुनाव नलड्न सल्लाह दिने साथीहरु छन् तर मैले जनताको पक्षवाट लड्दाकिसुनजी को के कुरा श्री ५ विरेन्द्र आएपनि चुनाव लड्छु लड्छु।  उहाँले जोर–जोर भाषण गर्दै भन्नु भयो महाराज आँखा नझिम्क्याई वक्सियोस ।  श्रीपेच नटल्काईवक्सियोस ।  चुनाव लड्ने इच्छा छ भने श्रीपेच खोलेर आई वक्सियोस ।  मदनभण्डारी तपाईसँग चुनाव लड्न तयार छ । विचरा अवोध जनता त्यो सुनेर आवेशमा उफ्रिन थाले ।  चारै तिर जिन्दावादको नारागुन्जायमान भयो । एकै स्वरले श्रोताहरुले नारा लगाए मदन भण्डारी जिन्दावाद । माननीय मदन भण्डारी जी लोक प्रियभए । जननेता भए तर उहाँ सम्वैधानिक राजतन्त्रको समर्थक हुनु हुनथ्यो भन्ने कुराजनताले अझसम्म थाहा पाएका छैनन् । नेपाली काँग्रेसले कहिल्यै पनि राजतन्त्रको वकालत गरेन । श्रीपेचलाई सर्मथन गरेको थियो त्यसैलाई राजसंस्था भनेर व्याख्या गरेको थियो र राष्ट्रिय एकताको प्रतिक मान्दै आयो ।  मदन भण्डारीले पनि राजा विरेन्द्रलाई पनि लल्कारे तर श्रीपेच खोलेर आउन चुनौति दिनु भयो । श्रीपेच त्यागेर आएका राजा ज्ञानेन्द नेपालमा आज सम्म मौजुद छन् ।  तर राजसंस्था जिवीत छैन ।  महामहीम राष्ट्रपति विद्या भण्डारीले मन्त्रीहरु लाई सपथ ग्रहण गराई रहदा ईश्वरलाई साक्षिराखी भन्ने वाक्यांशमा कम्न्युष्टिका मन्त्रिहरुले जनतालाई भन्ने वाक्यांश प्रयोग गरेका थिए । कम्न्युनिष्ट समर्थकहरुले यसलाई पनि गम्भिरका साथ लिएका छैनन् ।  नेपाली काँग्रेसले राणशासनकाविरुद्ध लडि रहदा यो देशको इश्वर राजा होईन जनता हुन ।  आज ७० वर्ष वितिसक्दा पनि जनता जनार्दन हुन् भन्ने नेपाली काँग्रेस पार्टीको पहिलो मान्यता थियो भन्ने कुरा नवुझ्न सक्नु शिक्षाको कमी हो र गरिवीको परीणाम हो ।  १३ औ महाधिवेशन सम्पन्न भएको छ ।  कसले जिते रकसले पराजय भोग्नु प¥यो त्यो गौण विषय हुनेछ भविष्यमा जनप्रतिनिधी जो चुनावमा संलग्नहुनु भयो उहाँहरुले कुनै विवेक प्रयोग गर्न वा आफ्नो अमुल्य मत प्रयोग गर्दा कुनै

सोच विचार


गर्न सक्ने क्षमता थियो या थिएन आजको वदलिदो सन्र्दभमा नेपालको लोकतान्त्रकि गणतन्त्रको नयाँव्याख्या गर्ने कि नगर्ने ? नीति ठुलो हो की नेता ठुलो हो ? सोच्ने वेला आएको छ । होईन भने अछामको कार्यकर्ताहरु व्यक्तिगत रुपमा मत बनाउन वाध्य हुने छन ।राष्ट्रिय व्यक्तित्व आदरणीय दाईशेरवहादुरको नाममा भोट माग्ने प्रतिनिधीहरु नेपाली काग्रेस प्रति वफादार छन वा छैनन ? हामी सवैकार्यकर्ताहरु शेरवहादुर दाईलाई हाम्रो नेता मान्छौ हाम्रो प्रेरणाको स्रोत मान्छौ कसैको पेवा सम्पति मान्न सक्दैनौ । होईन भने पार्टी भाडमा जाओस सवै अछामीले एकै स्वरमा भनौ शेर वहादुर दाई जिन्दावाद । जय नेपाल !

 

लेखक :  नेपाली काँग्रेस अछामका महाधिवेशन प्रतिनिधी हुनुहुन्छ

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget