Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

ऊर्जा क्षेत्र सुधारका लागि रु साढे दुई अर्ब

काठमाडाँै, माघ २१ गते  । विश्व बैंकले ऊर्जा क्षेत्र सुधार तथा दिगो जलविद्युत् विकास आयोजना कार्यान्यवन गर्न रु दुई अर्ब ५१ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ ।

urja hydropower

ऊर्जा उत्पादनको क्षेत्रमा संलग्न निकायहरुको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रियस्तरका जलविद्युत् एवम् प्रसारण लाइन परियोजनाको तयारी र योजना तर्जुमा गर्न उक्त बैंकले सरकारलाई ऋण प्रदान गर्न लागेको हो ।

तीन सय ३६ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना, ३० मेगावाटको इखुवा खोला आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्रको तयारी, वातावरणीय एवम् सामाजिक प्रभाव मूल्याङ्कनका निम्ति विज्ञ टोली परिचालन प्रसारण लाइन परियोजनाको आधारभूत प्रारुप निर्माणमा ऋण रकम उपयोग गरिनेछ ।

एकीकृत जलस्रोत विकास एवम् व्यवस्थापन, जलस्रोत तथा जलविद्युत् विकाससम्बन्धी नियामक निकायहरुको संस्थागत सुधार, नेपाल विद्युत् प्राधिकरणको पुनःसंरचनालगायत दिगो जलविद्युत् विकासका अन्य अयोजनामा उक्त रकम खर्च गरिनेछ । ऋण सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा यहाँस्थित विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाता र अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले हस्ताक्षर गर्नुभयो । रासस
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget