
सगरमाथा फाइनान्स लिमिटेडले ओखलढुंगामा आफ्नो सेवा बिस्तार गरेको छ । ललितपुरको मानभवनमा केन्द्रिय कार्यालय रहेको संस्थाले दशौ शाखाका रुपमा ओखलढुंगाबाट आफ्नो सेवा बिस्तार गरेको हो । तीन महिनाअघिदेखि सञ्चालनमा रहेको संस्था आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । यसअघि ललितपुर जिल्लाको गाःवहाल, झापाको विर्तामोड र दमक, सुनसरीको धरान र इटहरी, मोरङको बिराटनगर, सोलुखुम्बुको सल्लेरी , भोजपुर र खोटागंमा शाखा सञ्चालनमा ल्याइसकेको छ ।
२०६२ साल भादौ १३ गते ललितपुरको मानभवन केन्द्रिय कार्यालयबाट कारोबार सुरु गरेको संस्थाले कारोबारको पहिलो वर्षबाट नै मुनाफा कमाएको जनाइएको छ । संस्थाको हाल निक्षेप करिब दुई अर्ब ९० करोड र कर्जा लगानी दुई अर्ब २० करोड रहेको अध्यक्ष मदन राईले जानकारी दिनुभयो ।।
Post a Comment
Bhola Adhikari liked this on Facebook.
Roshan Adhikaree liked this on Facebook.
Wasim Alam liked this on Facebook.
Bharat Dahal liked this on Facebook.
Rochak Dawadi liked this on Facebook.