Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

हिन्दु राष्ट्रविरुद्ध नजान मधेसी नेतालाई भारतीय नेताको सुझाव


काठमाडौं , माघ २१ गते ।  बिहारका नेताहरूको समर्थन जुटाउन त्यसतर्फ गएका मधेसी मोर्चाका नेतासमक्ष नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने सुझाव भारतीय जनता पार्टीका एक प्रभावशाली नेताले दिएका छन् ।

Madhesi Morcha



बिहारका मुख्यमन्त्री नीतिशकुमार र सत्ता गठबन्धनका प्रभावशाली नेता लालुप्रसाद यादवलाई भेटी उनीहरूको समर्थन हासिल गरेलगत्तै मोर्चाका नेताले पूर्वउपमुख्यमन्त्री तथा भाजपाका बिहार प्रमुख सुशील मोदीसँग भेट गरेका थिए ।



मोदीले उनीहरूका मागबारे केन्द्र सरकारसँग कुरा गर्ने आश्वासनसँगै नेपाललाई हिन्दु राष्ट्र बनाउन उठेका आवाजविरुद्ध नजान पनि मोर्चाका नेताहरूलाई सुझाव दिएका थिए ।

मोर्चाका नेताहरू पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहारको पटनापछि उत्तर प्रदेशको लखनउ जाँदैछन् । त्यहाँ उनीहरूले मुख्यमन्त्री अखिलेश यादवलगायत विभिन्न दलका नेतासँग भेटघाट गर्ने कार्यक्रम छ ।



संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता एवं संसदीय दलका नेता अशोक राईले अन्नपूर्णसँग भने, ‘मधेस आन्दोलनलाई भारतको केन्द्रीय सरकारका साथै छिमकी बिहार र उत्तरप्रदेशका मुख्यमन्त्री, प्रमुख दलका नेताहरूको सहयोग र समर्थन लिने योजनाबद्ध नीतिअनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव जानुभएको हो ।'


मोदीले मधेसी मोर्चाका नेता यादव, राजेन्द्र महतो र महेन्द्रप्रसाद यादवसँग मोर्चाको आन्दोलनलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा कुनै कोणबाट उठिरहेको हिन्दु धर्मलाई मोर्चाले नैतिक समर्थन गर्नुपर्ने संकेत पनि दिएका थिए ।

मोदीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामी तपाईंहरूको आन्दोलनलाई समर्थन गर्छौं । नेपालमा कुनै कोणबाट उठिरहेको हिन्दु धर्मको मागप्रति गम्भीर हुनुहोला ।' नेपालमा हिन्दु धर्म हुनुपर्नै कुरामा भाजपाका अधिकांश नेता सहमत रहेको जानकारी पनि मोदीले दिएका थिए ।


संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादव, सद्भावना पार्टीका अध्यक्ष महतो र तराईमधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसादलगायतका नेताले बिहारपछि उत्तर प्रदेशमा मुख्यमन्त्री यादवलगायत प्रमुख दलका नेता, सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेतासँग परामर्श गर्ने जानकारी राईले दिए ।

‘बिहार र उत्तर प्रदेशका सरकार र प्रमुख दलसँग दुईपक्षीय सम्बन्ध विस्तार गर्दै मधेस केन्द्रित आन्दोलनबारे सहयोग र सद्भाव जुटाउने पार्टीगत निर्णयअनुसार फोरम नेपालका अध्यक्ष त्यसतर्फ लाग्नुभएको हो,' राईले भने ।


बिहारमा मोर्चाका नेताले मुख्यमन्त्री नीतिश कुमारसँग अनौपचारिक भेट गरेका थिए भने पूर्वमुख्यमन्त्री यादव र भाजपा नेता मोदीसँग औपचारिक वार्ता गरेका थिए ।

मुजफ्फरपुरमा भएको एक कार्यक्रममा सहभागी तराईमधेस लोकतान्त्रिक पार्टीका नेता एवं सांसद जंगीलाल रायले भारतीय नेताको भनाइ उद्धृत गर्दै अन्नपूर्णसँग भने, ‘मोर्चाको आन्दोलनमा बढी बल प्रयोग भएको देखिन्छ । त्यो कार्यले निरन्तरता पाएमा हाम्रो उपस्थिति हुन सक्छ ।'

नेपाल सरकारले लिएको आन्दोलनप्रतिको हस्तक्षेप नीतिविरुद्ध बिहारको विधानसभा र काठमाडौंको व्यवस्थापिका संसद्मार्फत कुरा उठाउने अनौपचारिक सहमति भएको पनि रायले बताए । - चिरञ्जीवी ढुंगाना , अन्नपूर्ण पोस्टबाट

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget