
५८ जना कर्मचारीको दरबन्दी रहेकोमा पाँचजनाको दरबन्दी रिक्त रहेको साथै कार्यरत् ५३ मध्ये ४२ जना अनुपस्थित भेटिएको थापाले बताउनुभयो । अधिकांश कर्मचारी बिदा र काजमा रहेको पाइएकाले उनीहरुको हाजिर ‘गयल’ गरिएको र अब विभाग र क्षेत्रीय कार्यालयमा जानकारी गराइ विभागीय कारबाही गरिने प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । उहाँले जिल्ला अस्पताल ताप्लेजुङको अनुगमनसमेत गर्नुभएको थियो । अस्पतालको इमरजेन्सी कक्षका बेडहरू सुत्नै नसकिने गरी फोहोर र दुर्गन्धित रहेको, अस्पतालको फोहोर व्यवस्थापनमा कर्मचारीले चासो नदिएको, र अस्पतालको औषधि वितरण कक्षमा म्याद सकिएका औषधिसमेत मिसाएर राखेको पाइएको जनाइएको छ ।
Post a Comment