
तर, यसको सफलता सहमति र सम्वादमा निर्भर रहने उनले बताए ।
नेपालमा नयाँ संविधान जारी भएपछि यसलाई स्वागत गर्न हिच्किचाउँदै भारतले आर्थिक नाकाबन्दीसमेत गरेको थियो ।
तर, शनिबार नेपालका प्रधानमन्त्री केपी ओलीसँग हैदारावाद हाउस भएको भेटवार्तामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भने-‘दशकौंको संघर्षबाट बनेको नेपालको संविधान एक महत्वपूर्ण उपलब्धि हो ।’ यसको निर्माणमा सरकार र राजनीतिक नेतृत्वले गरेको योगदानलाई अभिनन्दन गर्ने उनले बताए ।
तर, यसको सफलता सहमति र सम्वादमा निर्भर रहने उनले बताए । उनले भने, यसै सिद्धान्तका आधारमा राजनीतिक वार्तालापको माध्यमबाट नेपालका सबै वर्गलाई समगमा लिएर तपाई नेपालको संविधानसँग जोडिएका सबै मुद्धाको सन्तोषजनक निवारण गरेर नेपाललाई प्रगति र स्थिरताको बाटोमा लैजानु हुनेछ । ‘
मोदीले नेपाली राजनीतिक नेतृत्वले संविधानसँग जोडिएका सबै मुद्धाको सन्तोषजनक निवारण गर्ने अपेक्षा गर्नुले मधेसको मामिलामा भारत अझै पनि पुरानै अडानमा रहेको देखिएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले नेपालको शान्ति, स्थिरता र आर्थिक विकासका बारेमा आफू र नेपालका प्रधानमन्त्री ओलीवीच कुराकानी भएको मोदीले संयुक्त पत्रकार सम्मेलनमा बताए ।
संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले हिन्दीमा भाषण गरेका थिए । नेपालका प्रधानमन्त्री ओलीले अंग्रेजीमा लिखित भाषण पढेका थिए ।
Post a Comment