
केन्द्रीय सदस्य सूर्यमान गुरुङले पार्टी सभापति सुशील कोइरालाको निधन रहस्यमय भएको भन्दै छानविन हुनुपर्ने माग गरे । निधन भएको अघिल्लो दिन विहान आफूले सम्पर्क गर्दा विरामीको गुन्जायस समेत नपाएको बताउँदै गुरुङले राष्ट्रको नेताको निधन एकाएक हुनुमा रहस्य रहेको बताए । उनले विरामी अवस्था भएको भए किन अस्पताल नलगिएको भन्दै पार्टीले छानविन समिति बनाउनु पर्ने बताए ।
गुरुङको भनाईमा अर्का केन्द्रीय सदस्य बालकृष्ण खाँडले पनि समर्थन जनाए । पार्टीको सभापति र पूर्वप्रधानमन्त्री समेत भइसकेको नेतालाई अस्पताल नलगि एक्कासी निवासमै निधनको खवर अपत्यारिलो बनेको बताउदै छानविन हुनुपर्नेमा जोड दिए ।
खाँडपछि लगतै केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीमा उठेका गम्भीर विषयको टुंगो लगाउने काम पदाधिकारीले गर्दै आएकाले यसबारेमापनि पदाधिकारीबाट निर्णय गर्न आग्रह गरे । उनले पदाधिकारीलाई निर्णय गर्न आग्रह गरेपछि यो बिषय थप अघि बढेन ।
Post a Comment