
करीब ३ वर्ष पहिले स्कटल्याण्डका ४३ वर्षीय मोहम्मद ऐबाद दुर्घटनामा परे । उक्त सडक दुर्घटनामा उनको यौनांग पूर्णरुपमा क्षतिग्रस्त भयो । जसका कारण डाक्टरहरुले उनको लिंग काटिदिए । लिंग काटिएपछि ऐबादले अब जिन्दगीमा कहिल्यै यौन आनन्द प्राप्त गर्न नसक्ने दुखमनाउ गर्नु स्वभाविकै थियो । तर तिन वर्षपछि अहिले उनको यौन जिवन पुनः भर्भराउँदो भएको छ ।
अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा उनले एक जना यौनकर्मी महिलासँग सम्भोग गरे । लिंग काटिएका पुरुषले तिन वर्षपछि एक यौनकर्मी महिलासँग यौनसम्पर्क गरेको खबर भाइरल नै बन्यो ।
हो, मोहम्मद ऐबाद विश्वका एकमात्र यस्ता व्यक्ति हुन् जसले आफ्नो काटिएपछि पनि यौनसम्पर्क गर्न सम्भव भयो । र यस्तो असम्भव लाग्ने कुरालाई स्कटल्याण्डका डाक्टरहरुले सम्भव बनाए ।
वास्तवमा तिन वर्ष पहिले दुर्घटनामा परेर ऐबादको लिंग काट्नु परेको समयमै डाक्टरहरुले उनमा कृत्रिम बायोनिक लिंग प्रत्यारोपण गर्नेबारे योजना बनाइसकेका थिए । उक्त बायोनिक लिंग ऐबादकै हातको छाला तथा मांशपेशीबाट बनाइयो ।
डाक्टरहरुले एबादको हात तथा खुट्टाका मांशपेशी काटेर त्यसबाट ८ इन्च लामो लिंग तयार गरे र एक शल्यक्रिया गरी ऐबादको सरीरमा प्रत्यारोपण गरे ।
यो सबै गर्नु सजिलो थिएन । केबल देखाउनका लागि मात्र लिंगको मूर्ति जोड्नु थिएन । उक्त लिंगबाट ऐबादले यौनक्रिडा गर्नसक्ने बनाउनु थियो । डाक्टरहरुयसमा सफल भए ।
अन्ततः गत डिसेम्बर ३१ का दिन ऐबादले एक यौनकर्मी महिलासँग सफलतापूर्वक यौनसम्पर्क गरे । उनले अन्य सामान्य व्यक्तिले जस्तै यौन आनन्द प्राप्त गर्न सके । – एजेन्सीको सहयोगमा
Post a Comment
Aago Pati liked this on Facebook.
Arr Zoon Guragain liked this on Facebook.
Prashant Jang Niroula liked this on Facebook.
Bishal Karki liked this on Facebook.
Bharat Dahal liked this on Facebook.