
पुस २२, एजेन्सी ।
उत्तर कोरियाले हाइड्रोजन बमको सफलतापुर्बक परिक्षण गरेको जनाएको छ । त्यहाँको सरकारी टेलिभिजनले स्थानीय समयअनुसार बिहान १० बजे हाइड्रोजन बम परिक्षणको पुष्टि गरेको हो । त्यसअघि अमेरिकी भुगर्भ सर्बेक्षण केन्द्रले उत्तर कोरियामा ५ दशमलव १ म्याग्न्चि्युटको भुकम्प गएको जनाउदै त्यो प्राकृतिक नभएको बताएको थियो ।
जापान, दक्षिण कोरिया र चीनले पनि उत्तर कोरियाले आणविक बमको परिक्षण गरेका कारण भुकम्प गएको बताएका थिए । परिक्षण गरिएको पुन्गे—री भन्ने स्थान वरपर ५० किलोमिटरको दायरामा कम्पन महसुस गरिएको बताइएको छ ।
उत्तर कोरियाको आणविक कार्यक्रमलाइ लिएर अमेरिका, दक्षिण कोरिया र जापानले कडा आपत्ति जनाइरहेका बेला पछिल्लो परिक्षण गरिएको हो । यसले कोरियाली प्रायद्धिपमा पुन तनाव बढेको विष्लेषकले अनुमान गरेका छन । यसै विषयलाइ लिएर दक्षिण कोरिया सरकारले आकस्मिक बैठक बोलाएको बिबिसीले जनाएको छ ।
Post a Comment