Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आर्थिक र समावेशी विकास नयाँशक्तिको वैचारिक आधार - डा. भट्टराई

गोरखा, माघ १७ गते । नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले आर्थिक र समावेशी विकास मुख्य वैचारिक आधारमा नयाँ पार्टी गठन हुने बताउनुभएको छ ।

baburam bhattarai

अहिले अन्तरिम केन्द्रीय परिषद्मात्रै गठन भएको बताउँदै उहाँले अबको तीन महिनाभित्र जनताको भेलाबाट नयाँ पार्टी गठन हुने बताउनुभयो ।

गोरखामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले देशलाई वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको र त्यो नयाँशक्ति भएको दाबी गर्नुभयो । “जगैदेखि नयाँ पार्टी बनाउने तयारीमा हामी जुटेका छौँ”– भट्टराईले भन्नुभयो ।

प्राविधिक विज्ञता र राजनीतिक सङ्गठनसहितको नयाँ पार्टी गठन गर्दै देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने उहाँको भनाइ थियो । साथै, उहाँले भूकम्पले भत्काएका गाउँबस्ती पुनःनिर्माणमा ढिलाइ भएको बताउनुभयो । बर्खाअघि नै पुनःनिर्माणको काम सुरु गर्नुपर्ने भन्दै भट्टराईले ‘यो बर्खामा भूकम्पपीडित रुझेरै बस्न बाध्य हुने सङ्केत देखा परेको’ भन्दै सरकारले पुनःनिर्माणको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget