
मोर्चाले राखेका माग जायज रहेको भन्दै तत्काल मधेसका माग सम्बोधन भए मुलुकले निकास पाउने आज पर्वत सदरमुकाम कुश्माबजारमा अयोजित पत्रकार सम्मेलनमा बताउनुभएको छ । मोर्चाका मागप्रति सरकारले खासै चासो नदेखाएका कारण तराईको आन्दोलन र भारतीय नाकाबन्दी लम्बिँदै गएको उहाँको भनाइ रहेको छ ।
तराई मधेसमा आन्दोलनरत पक्षसँग वार्ता गरेर सहमति गर्न सरकारले कुनै चासो नदेखाएको भन्दै उहाँले सरकारलाई तत्काल सहमतिको बाटोतर्फ अगाडि बढ्न आग्रह गर्नुभयो ।
सरकारमा रहेका दलको अहङ्कारबादी सोचका कारण समस्या थपिँदै गएको उहाँको टिप्पणी रहेको छ । नेता गुरुङले नाकाबन्दी अझै लम्बिए देशमा गम्भीर प्रकारको आर्थिक मन्दी हुने र नेपालको अर्थतन्त्र धरासायी बन्ने सङ्केत गर्नुभयो । यस्तो समस्या आउन नदिने सबै दल मिलेर आन्तरिक समस्याको हलका निम्ति अब ढिला गर्न नहुने उहाँको तर्क थियो ।
Post a Comment
Narayan Khatiwada liked this on Facebook.
Ambika Prasad Acharya liked this on Facebook.
Acharya Madan liked this on Facebook.
Anuska Chhetry liked this on Facebook.
Bharat Dahal liked this on Facebook.
ढाउखिमकान्छा उन्का liked this on Facebook.
Punam Kharel liked this on Facebook.