
जीउँदो मानिसले त विभिन्न खाले प्रतियोगितामा भाग लिएको स्वभाविकै हो । तर दुनियाँमा यस्तो एउटा प्रतियोगिता छ जुन प्रतियोगितामा जिउँदा मानिस नभएर मरेका मानिसलाई सहभागी गराइन्छ अनि तिनै शवलाई राम्रोसंग जलाउन प्रतियोगितामा मलामीहरु भिड्ने गर्दछन् ।
यो घटना भएको हो चीनमा, चीनको बेइजिंगमा हालै दाहसंस्कार सीप प्रतियोगिता भएको छ । प्रतियोगितामा देशका ५४ जना दाहसंस्कार प्राविधिकहरुले भाग लिएका थिए । त्यसमा दाहसंस्कार प्राविधिकहरुको शवदाह गृहको ढाँचा र तयारी, शव ल्याउने, राख्ने तथा जलाउने प्रक्रिया, शवदाह पछि अस्तु संकलन तथा उपकरणहरु जडान तथा मर्मत लगायतका सीपको परीक्षण गरेका थिए ।
सरकारी निकायले नै पहिलोपटक यस्तो प्रतियोगिता आयोजना गरेको हो । चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार प्रतियोगितामा उत्कृष्ट तीन स्थान बेइजिंगको बाबाओसान शवदाह गृहका दाहसंस्कार प्राविधिकहरुले हात पारे भने चौथो स्थानमा नानचांग सहरका प्रतियोगी रहे ।
Post a Comment
Madan Tara Safal liked this on Facebook.
Ganga Dulal liked this on Facebook.
Anuska Chhetry liked this on Facebook.