[caption id="attachment_6541" align="alignnone" width="825"]

युवा संघले रंगेलीमा सभा गर्ने भएपछि त्यस क्षेत्रमा मोर्चाका कार्यकर्ताले बिहीबार विहानैदेखि आन्दोलन जारी राखेका थिए । मोर्चाको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले गोली चलाएपछि झन आक्रमक बनेका मोर्चाका कार्यकर्ता र प्रहरी बीच झडप हुँदा दुई महिनासहित तीन जनाको मृत्यु भएको छ । जानकारी अनुसार केही घाइते भएका छन् ।
प्रहरीले चलाएको गोली लागेर ५८ वर्षीया द्रोपतीदेवी चौधरीको मृत्यु भएको छ । उनी रंगेली ४ की हुन् । उनको शव प्रहरीले कोशी अञ्चल अस्पतालमा पुर्याएको छ ।
त्यसैगरी डाइनियामा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर १८ वर्षकी चिबु माझीको मृत्यु भएको छ । यस्तै महादेव ऋषिदेवको पनि गोली लागेर मृत्यु भएको छ ।
जलजला चोकमा मोर्चाको आक्रमण
त्यसैगरी रंगेलीको कार्यक्रम सकेर फर्किने क्रममा एमाले महासचिव ईश्वर पाख्रेललगायतलाई लक्षित गरी मोर्चाका कार्यकर्ताले आक्रमण गर्दा प्रधानमन्त्रीकी जनसम्पर्क सल्लाहकार निरुदेवी पाललगायत घाइते भएका छन् भने युवा संघ मोरङका सदस्य मनोज राई गम्भीर घाईते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको र न्युरो अस्पतालमा उपचार भैरहेको युवा संघका सचिवालय सदस्य रोशन बस्नेतले जानकारी दिए ।
[caption id="attachment_6542" align="alignnone" width="720"]

‘हामीमाथि बद्नियतपूर्ण ढंगले मोर्चाका कार्यकर्ताले आक्रमण गर्ने काम गरे,’ उनले भने, ‘युवा संघले संयमता अपनाएकाले थप हिंसात्मक घटना हुन पाएन ।’ उनले युवा संघको संयमतालाई कमजोरी ठाने चुपलागेर नवस्ने चेतावनी दिए ।
Post a Comment