दक्षिण कोरियाबाट सञ्चालनमा रहेको देखिएको पोर्नसाइटमा नेपाली जोडीको नांगो भिडियो यतिखेर संसारभरका लागि इन्टरनेटमा ‘टाइमपास’ बनिरहेको छ । त्यसमा नेपालबाट विदेश गएका युवाले घरमा पत्नी, प्रेमिकासँग छिल्लिएर गर्ने व्यवहारका भिडियो उस्तै अपलोड भएका छन् । मध्यरातिसम्म पत्नीसँग ल्यापटपमा गफिएका युवाका साथीले ल्यापटपबाट त्यस्तो क्लिप्स यो साइटमा अपलोड गरेको हुन सक्ने अनुमान गरिएको छ । कोही जानाजान आफ्ना पत्नीको नांगो भिडियो कि पो पोष्ट गर्लान् र ?
www.nepali****.net वेवसाइटमा नेपाली जोडीको नांगो भिडियो दैनिक पाँचवटासम्म पोष्ट हुने गरेका छन् । कहिलेकहीँ एउटादुईटा भिडियो पोष्ट भएको पाइएको छ भने संसारभरका नेपालीको धेरै भिडियो उसले संग्रह गरिसकेको छ । एलेक्साका अनुसार, यो साइट दक्षिण कोरियामा हेरिने साइटमा १,८९१ नम्बरमा छ भने संसारभर हेरिने साइट कतारमा मात्रै ५१ प्रतिशतले हेर्छन् । नेपालमा पनि यो साइट हेर्ने ८ प्रतिशत छन् भने अमेरिकामा एक दशमलव ४ प्रतिशतले हेर्छन् ।
साइटमा एउटा भिडियो कम्तीमा ६ हजारले हेरेको पाइएको छ । कुनै पनि भिडियो युटुवमा उपलब्ध छैन । साइटमा नेपालका काठमाडौँ, पोखरा, धनगढी, हेटौँडा, नारायणगढका भिडियो पनि छन् । जसमा केटीको नाम र थर नै उल्लेख गरेर भिडियो अपलोड भएको छ । मध्यरातिसम्म बुढासँग छिल्लिएर नांगै बसेर गफ गरेका कुराकानीदेखि ढोका थुनेर ब्वाइफ्रेन्डसँग भिडियो च्याट गर्दै नांगिएकी पोखराकी किशोरीको भिडियो कम्तीमा १ लाख ५५ हजारले हेरेका छन् ।
साइटमा कुनमहिना कुन भिडियो अपलोड भयो भन्नेसमेत उल्लेख छ । ‘विदेशमा रहेर बुढीसँग गफिनेहरु चैँ साथीका कारण डुबेका छन्,’ मलेसियाका एक युवकले भने, ‘एउटै ल्यापटपमा साथीहरु पालैपालो कुरा गथ्यौँ, काममा गएका बेला बदमास साथीले सोझो साथीको भिडियो साइटमा अपलोड गरिदिएछ ।’ धेरैको भिडियो यसरी नै चुहिएको पाइएको छ ।
नेपालमै पनि सबै सहरका भिडियो यसमा अपलोड भइसकेका छन् । भिडियोका नाम नै नेपाली केटीको नाममा छन् भने ‘भण्डारीकी बुहारी नुहाउँदै गरेको’ ‘छिमेकी गुरुङ्नी भाउजु’ जस्ता नामले धेरै महिलाकै अपमान हुने गरी साइटमा भिडियो पोष्ट भइरहेका छन् । साइटमा धेरैजसो भिडियो पतिपत्नी र प्रेमीप्रेमिकाबीचको सहबासका पाइन्छन् । जापानमा रहेका नेपालीको भिडियो, अस्ट्रेलिया नेपालीको भिडियो भनेर पनि उल्लेख गरिएका छन् ।
यो साइटले विस्तारै भाइरलको रुपमात्र लिँदैछैन । नेपालीको व्यक्तिगत जीवन पनि बर्बाद पारिरहेको छ । रात्रिकालीन समयमा पतिसँग गरेको गफको भिडियो एकाएक इन्टरनेटमा आयो भने गाउँमा भएकी पत्नीको मनोदशा के होला ? यस्तै ब्वाइफ्रेन्डसँग गरिएको भिडियो च्याट साइटमा आएपछि किशोरीको जीवन र प्रेममा कति ठूलो धोका होला ? उनीहरुको जीवन नै तलमाथि पर्ने अवस्थासम्म आउनसक्छ । साइटले आफ्नो आचारसंहितामा भनेको छ, ‘हामीले यहाँ पोस्ट गरेका भिडियोहरु बिल्कुल सहमतिमा भएका कार्यमा सीमित छन् ।’ उसले बाल यौनदुराचार, बलात्कार, मानसिक शारीरिक त्रास देखाएर गरिने यौन दुव्र्यवहारको भिडियो नहालेको जनाएको छ । यति हुँदाहुँदै पनि घरको छतबाट तल्ला घर, पल्लाघरमा नुहाइरहेका सोझा छिमेकी महिलाका भिडियो पनि पोष्ट भएका छन् । साइटमा झन्डै ६ सय भन्दा बढी भिडियो पोष्ट भएको पाइएको छ ।
कतै तपाईंको पनि व्यक्तिगत जीवनमा यसले समस्या त पार्दैछैन ? संसारभरमा हेरिएको ५८ हजार साइटमा परेको यो साइटले कतै ठूलै समस्या पो ल्याउँदैछ कि ? आफ्नै पति, प्रेमी, साथीसँग गरिएको यौनजन्य कार्यको विषयमा हेक्का राख्नु भएन भने समस्यामा पर्नु होला है । एउटा सानो गल्तीले कसैको जीवन बर्बाद नहोस् । अनि तपाईंका छोराछोरी ढोका थुनेर भिडियो च्याट गरिरहेका छन् भने अभिभावक चनाखो हुनुहोस् । छिमेकीले देख्ने गरी बाथरुमका झ्यालढोका खुला राखेर पनि ननांगिनुहोस् । योसाइट हेरेपछि धेरैले महसुस गर्नेछन्, ‘लौ यो भिडियोको मान्छे त देखेदेखे जस्तो लाग्छ, चिनेचिनेजस्तो लाग्छ ।’ भएन अब बर्बाद !








Post a Comment