
पुष १३, एजेन्सी ।
इरानी राष्ट्रपति हसन रुहानीले हिंसात्मक गतिविधि रोक्न इस्लाम धर्मावलम्बीलाई आग्रह गर्नु भएको छ । विश्वका हिंसात्मक गतिविधिमा इस्लाम धर्मावलम्बी मुसलमानको वर्चस्व देखिएको भन्दै उहाले यस्ता गतिविधी रोक्न आग्रह गर्नु भएको हो । राजधानी तेहरानमा भएको एक सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति रुहानीले इस्लामप्रति रहेको नकारात्मक छाप मेटाउन मुस्लिम समुदाय लाग्नु पर्ने उल्लेख गर्नुभयो ।
पछिल्लो समय साउदी अरब र अन्य खाडी मुलुकलाई लक्षित गर्दै उहाँले अमेरिकी हतियार ल्याएर आफ्नै भाई बन्धु माथि प्रयोग गरेको भन्दै निन्दा गर्नुभयो । साउदी अरवले यमनमा जारी राखेको हुथी विद्रोहीप्रतिको कारवाहीको पनि उहाँले निन्दा गर्नुभएको बीबीसीले जनाएको छ । राष्ट्रपति रुहानीले इस्लामको सिद्वान्त हिंसा विरोधी रहेको भन्दै इस्लामी मुलुकहरुलाई हिंसा, आतंक र हत्या रोक्न आग्रह समेत गर्नुभयो ।
Post a Comment