Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

‎समय‬ परिवर्तनसँगै दलितमाथिको विभेद अन्त्य हुन्छ’

उर्लावारी १५ मंसिर । डिबी सुनार, नेपाल दलित संघ मोरङ ९ का क्षेत्रीय सभापति हुनुहुन्छ । २०४० सालमा भोजपुरको भुल्के गाविसमा बुवा अमरबहादुर सुनार र आमा दुर्गादेवी सुनारको जेष्ठ सुपुत्रको रुपमा जन्म लिई उहाँ २०४५ सालदेखि उर्लाबारी–६ मंगलबारेका स्थायी वासिन्दा रहनुभएको छ ।db pariyar मिक्लाजुङ पर्यटन तथा एकीकृत विकास संघका संस्थापक सदस्य, अस्थायी प्रहरी चौकी मंगलबारे भवन निर्माण समितिका सदस्य तथा स्वास्थ्य क्षेत्रका पनि अभियन्ता हुनुुहन्छ, उहाँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघमा क्षेत्रीय सभापति रहेर कार्य सम्पादन गरेको पहिलो कार्यकाल हो । नेपाली कांगे्रस मोरङ ९ नम्बरका क्षेत्रीय सदस्य समेत रहनुभएका सुनार विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहनुभएको छ । मोरङ जिल्लाकै उत्कृष्ट क्लब मानिने योसेकका सचिव समेत रहेर काम गर्नुभएको अनुभव उहाँसँग रहेको छ । नयाँ संविधानमा दलितहरुको पहँुच तथा संविधानमा दलितहरुलाई उल्लेख भएका व्यवस्था तथा अन्य परिप्रेक्षमा रहेर उहाँसँग गरिएको संवाद :-

-‎दिनचर्या‬ कसरी बिताइराख्नु भएको छ ?
विभिन्न सामाजिक संघसस्था तथा कार्यक्रमहरुमा सामेल तथा दलितहरुको समस्याहरु सम्बन्धित निकायहरुमा पु¥याउन पहलकदमी गर्दै दिन बित्ने गरेको छ । यसका अलवा भेटघाट तथा व्यक्तिगत कामकाजमा दिन बित्ने गरेको छ ।
-‎दलितहरुको‬ समस्या के–के देख्नुहुन्छ ?
दलितहरु आर्थिक रुपले विपन्न रहेका छन् । यसका साथै अशिक्षाका कारणले गर्दा दलितहरु विभिन्न सामाजिक क्रियाकलापहरुमा पछि परेका छन् । सीपमूलक शिक्षाको अभावले गर्दा रोजगार, स्वास्थ्य उपचारबाट वञ्चित लगायतका समस्याबाट दलितहरु गुज्रिरहेका छन् ।
‪-‎सरकारले‬ यस्ता समस्याहरु निर्मूल पार्नका लागि त थुपै्र कार्यक्रम तथा योजाहरु ल्याएको छ नि ?
सरकारले कागजी रुपमा मात्र समस्याको समाधान गरेको देखिन्छ । व्यवहारिक रुपमा प्रत्येक दलित परिवारका सदस्यलाई स्वास्थ्य, शिक्षा, रोजगार लगायत आधारभूत आवश्यकताहरु पुरा नगरुञ्जेल कागजमा ल्याइएका योजनाहरु सफल हुन नसक्ने देखिन्छ । नीति निर्माण तहमा प्रत्यक्ष दलित समुदायको प्रतिनिधित्व नहुञ्जेलसम्म अन्य मानिसहरुले बनाएको योजनामा दलितका समस्याहरु समाधान हुन नसक्ने देखिन्छ ।
एउटा सरकारले ल्याएका ‘कागजी योजनाहरु’अर्को सरकार परिवर्तन हँुदैमा ती योजनाहरु स्वतःखारेज भएर जाँदा पनि दलित आन्दोलनले ल्याएका मागहरु सम्बोधन नभएको प्रष्ट हुन आउँछ ।
-‎दलितहरुमा‬ हुने विभेदलाई कसरी हेर्नुभएको छ ?
सदिआंैदेखि रही आएको यो विभेद, मेरो विचारमा समय परिवर्तन सँगै दलितको विभेद अन्त्य हुन्छ जस्तो लाग्छ । ती कुराहरु पुरा हुनका लागि विभिन्न चरणमा भएका दलित आन्दोलनहरुले पनि अहम् भूमिका खेलेका छन् । यसका साथै एउटा पुस्ताको समाप्तिसँगै अर्को पुस्तामा जाँदा दलितका समस्याहरु  छुवाछुत, विभेद हट्नेमा म विश्वस्त छु । यस्ता विभेदलाई हटाउन समयसमयमा तत्कालीन सरकार र हालको नेपाल सरकारले विभिन्न ऐन तथा विनियमहरु बनाएर लागू गरेको अवस्था छ । यसले पक्कै पनि ती विभेदहरुलाई अन्त्य गर्नेमा म विश्वस्त छु ।
-दलितहरु आँफैमा पनि छुवाछुत गर्छन् भन्ने सुनिन्छ नि ?
मैले अघि नै भनिसकेँ समयसँगै परिवर्तनका लहरहरु आउँदै जान्छन् । जसको फलस्वरुप आजको मिति आइपुग्दा दलित समुदायभित्र रहेको छुवाछुत लगभग समाप्त भएको म विश्वास गर्दछु ।
-‎जारी‬ भएको नेपालको संविधानले दलितहरुका लागि कस्तो व्यवस्था गरिएको छ ?
जनताद्वारा लिखित नेपालको संविधान–२०७२ ले दलित समुदायको जायज मागहरुलाई यथासम्भव समावेश गरेको छ । उच्च शिक्षा अध्ययनका साथै स्वास्थ्य र रोजगारीको ग्यारेन्टी संविधानको दस्तावेजमा लेखिएको छ । तर, कार्यान्वयन पक्षमा अभैm केही जटिलता देख्न सकिन्छ त्यस कुरा चिर्नका लागि फेरि पनि सम्पूर्ण दलित अधिकारकर्मीहरु एकजुट भएर शान्तिपूर्ण ढंगले आफ्ना मागहरुलाई कार्यान्वयन गराउन एकजुट हुनुपर्ने आवश्यकता देखिन्छ ।
-प्रसंग‬ बदलौं, तपाई नेपाल दलित संघ मोरङ ९ को सभापति,आफ्नो कार्यकालमा केही काम नगरेको आरोप लाग्छ नि ?
यो झुटो हो । आम कार्यकर्ताहरुलाई मैले गरेको कामहरु जगजाहेर नै छ । दोस्रो संविधानसभामा नेपाली कांग्रेसका उम्मेद्वारलाई जिताउनका लागि अहम् भूमिका खेलेको छु । यसका साथै दलित संघको विभिन्न गाविसहरुमा समिति गठन गर्नुका साथै दलितहरुका भइपरी आउने समस्याहरुमा प्रहरी कार्यालय, नगरपालिका-गाविस, विद्यालय लगायतका संघसंस्थाहरुमा दर्विलो उपस्थिति जनाएको छु । दलित समुदायका समस्याहरुमा दिनरात नभनी म दत्तचित्त भई लागिपरेको छु । दलितहरुमा आउने भावितव्य समस्याहरुसँग नेतृत्वदायी भूमिका खेलेर म समुदायलाई आत्मनिर्भर र नयाँ नेतृत्व जन्माउने अभियानमा लागि रहेनछु ।
-‎तपाईले‬ यसो भनिरह“दा तपाईको आम कार्यकर्ताहरू संगठनलाई चलायमान बनाउन नसकेको आरोप लगाउ“छन् नि ?
म नेपाली कांग्रेसको क्षेत्रीय सदस्य पनि भएको हुँदा पार्टी काम र भातृ संगठनलाई सँगसँगै लैजानुपर्ने बाध्यता रहेको छ । तथापि, मोरङ क्षेत्र नम्बर ९ अन्तरगत हुने सम्पूर्ण कार्यक्रमहरुमा मेरो पूर्ण उपस्थिति रहेको छ । पार्टीले दिएको जिम्मेवारी बहन गर्दै आफ्नो समुदायको हकहितको लागि पनि म सदैव लडिरहेको छु र लडिरहेको हुनेछु ।
-‎नजिकि‬“दै गरेको नेपाली कांग्रेसको महाधिवेशनलाई कसरी नियाल्नुभएको छ ?
नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले यो निरन्तर हुने एक प्रक्रिया मात्र हो । यसले पार्टीमा रहेर काम गरेका कार्यकर्ताहरुको मूल्यांकन गर्ने एउटा समय पनि हो । जसले भविष्यमा सफल नेतृत्व समाज र राष्ट्रलाई दिने कुराको निर्धारण गर्दछ ।
-‎कस्तो‬ नेतृत्व आउनुपर्ला ?
पार्टीलाई पूर्ण प्रजातान्त्रिक ढंगले अगाडि बढाउने नयाँ नेतृत्व जसले नातावाद र कृपावादको कुरालाई वेवास्ता गर्दै सही र सक्षम नेतृत्व आउनुपर्ने देखिन्छ । नेपाली कांग्रेसको २००७ सालदेखिको इतिहासलाई बचाउदै वर्तमान जारी भएको संविधानलाई संस्थागत गर्न सक्ने नेतृत्व नेपाली कांग्रेसलाई चाहिएको छ ।
-‎मोरङ‬ ९ मा को आउनुपर्ला ?
१२ औं महाधिवेशनको सन्दर्भलाई हेर्दा यस क्षेत्रमा पार्टी संगठनलाई चुस्तदुरुस्त ढंगले अगाडि बढाउने सफल र योग्य नेता जसले दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन क्षेत्रीय समितिको संयोजक रहेर अहम् भूमिका खेलेका यस क्षेत्रको युवा नेता आदरणीय खड्ग फागो नै पुनःआउँदा राम्रो हुनेमा म विश्वस्त छु ।
-‎तपाइलाई‬ त हालका क्षेत्रीय सभापतिको आशिर्वाद छ भन्ने सुनिन्छ नि ?
यो विल्कुलै गलत हो । म कसैको आशिर्वादले नभएर, आफ्नो क्षमता र कार्य दक्षताले यो स्थानमा आइपुगेको हुँ । मैले यतिमात्र भन्न खोजेको ९ नम्बर क्षेत्रको संगठन विस्तारमा कार्यकर्ताको समस्यालाई सम्वोधन गर्ने विषयमा हालका क्षेत्रीय सभापतिको समर्थन मात्र गरेको हुँ । तपाइँले यसलाई ‘आशिर्वाद’ भन्न मिल्दैन ।
-‎तपाई‬ लभी गुट गरेर यो स्थानमा आइपुग्नु भएको भन्ने आरोप छ नि ?
मलाई यो लभी गुट भन्ने थाहा छैन । क्षमता र कुशलताले गर्दा नै मान्छे अगाडि बढ्ने हुँदा, क्षमतावान् मानिसलाई कसैको पनि गुट र आशिर्वादको आवश्यकता नपर्ने हुँदा म ९ नम्बर क्षेत्रमा कुनै पनि गुट देख्दिँन र म नेपाली कांग्रेसको एउटा जिम्मेवार कार्यकर्ता मात्रै भएको यसै अन्तरवार्ताबाट म भन्न चाहान्छु ।
-प्रसंग बदलौं, प्रधानमन्त्रीदेखि उपराष्ट्रपतिसम्मका सबै प्रमुख पदमा कांग्रेस पराजित भयो, पार्टी कमजोर बन्दै गएको हो ?
कुनै पनि निर्वाचनमा पद प्राप्त गर्न नसक्दा वा पराजित हुँदा पार्टी या कसैको राजनीति नै असफल भयो या कमजोर भयो भन्न मिल्दैन । नेपाली कांग्रेस सधैंका लागि पराजित भयो या कमजोर भयो भन्ने होइन । अहिले गरिएको निर्णयलाई सच्याउँदै अब कांग्रेसले आफूलाई पुनर्ताजगी गराउनेतर्फ लाग्नुपर्छ । जनताको शक्ति बटुलेर फेरि कांग्रेस आफ्नो पोजिसनमा आउँछ । धेरै मानिस अहिले कांग्रेसले गल्ती ग¥यो भनेर चिन्तित छन्, तर लोकतन्त्र संस्थागत गर्ने काम कांग्रेसकै भएकाले यसमा धेरै चिन्तित हुनुपर्ने आवश्यकता छैन । मुलुक र जनताको नेतृत्व गर्ने दायित्व नेपाली कांगे्रसकै हो ।
-‎संसद्को‬ सबैभन्दा ठूलो दलले जुन महत्वपूर्ण पद गुमायो, यसले कांग्रेस ओरालो लागेको संकेत गर्दैन र ?
एउटा यात्रामा दोबाटोमा पुगिसकेपछि कतातर्फ मोडिने भन्नेमा गलत बाटो हिँडियो भने स्वाभाविक रूपमा त्यो यात्राको गन्तव्य गलत नै हुन्छ । प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपतिमा उम्मेदवारी दिँदा बिना क्यालकुलेसन जुन निर्णय पार्टी नेतृत्वले ग¥यो, त्यो गलत थियो । नेतृत्वले पनि गल्ती स्वीकारिसकेको छ । तर, त्यो निर्णयले सधैंका लागि गलत ग¥यो भन्ने होइन । एउटा गल्तीले केही परिणाम हामीले आफ्नो पक्षमा ल्याउन नसकेको मात्र हो । धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन ।
-‎राष्ट्रिय‬ राजनीतिको जुन केन्द्रमा कांग्रेस थियो, अब त केवल किनाराको साक्षी मात्र भएर बस्नुपर्ने अवस्था आएको त साँचो हो नि ?
हो, संविधान जारी गर्न कायम गरिएको राष्ट्रिय सहमतिको नेपाली कांग्रेसले नेतृत्व गर्ने, संविधान निर्माणको पनि नेतृत्व गर्ने र संविधानको पनि अपनत्व ग्रहण गर्ने, यी तीनवटा कुरा लिएर हाम्रो नेतृत्व जनताका बीचमा जानुपर्दथ्यो । यो कुरा नेतृत्वले नबुझेको मेरो पनि ठहर हो । आमनेपाली कांग्रेसका देशभरका नेता कार्यकर्ताको पनि बुझाई यही हो । गलत निर्णयको परिणाम हामीले राज्यका प्रमुख पद गुमाइसक्यौं । पार्टीको शक्ति क्षय भएको होइन, व्यक्तिको महत्वकांक्षा र पदीय लोलुपता रहिरहेका कारण यो अवस्था आएको हो ।
-‎जनता‬ नै कांग्रेसको निर्णयप्रति बेखुसी भएको अवस्थामा कांग्रेस कमजोर भएको छैन भन्न मिल्छ ?
समग्र कांगे्रसलाई दोष दिनुको कुनै अर्थ देखिँदैन । संविधानसभाबाट संविधान जारी गरेको, निरन्तर रूपमा संविधान निर्माण र सहमतीय राजनीतिको नेतृत्व गरेको पार्टी हो कांग्रेस । यति मात्र होइन, समानुपातिक समावेशीको मुद्दा पनि हाम्रो हो । संविधान संशोधनका लागि संसद्मा प्रस्ताव दर्ता गरेको हाम्रो नेतृत्वको सरकारले हो । जनताको चाहनाअनुसारको संघीय ढाँचा हुनुपर्छ भन्ने हाम्रा मुद्दाहरू अहिले पनि कायमै छन् । यिनै मुद्दाहरू लिएर हामी जनताका बीचमा जान्छौं । कहिलेकाहिँ राम्रो खेल्दा खेल्दै गोल गर्न नसक्दा खेलमा पराजय हुन्छ, तर बाँकी सबै खेल हारिन्छ भन्ने होइन ।
-‎अन्त्यमा‬ ?
यहाँसम्म आएर मेरा विचारहरू राख्न दिनुभएकोमा म तपाइँलाई धन्यवाद दिन चाहन्छु । दलित आन्दोलन र प्राप्ति उपलब्धीहरुलाई संस्थागत गर्दै देश अघि बढ्नेमा म विश्वस्त छु । जटिल परिस्थितिबाट देश गुज्रिरहेको हुँदा उक्त समस्याबाट निकास निकाल्न कांग्रेसकै आवश्यकता पर्ने भएकाले प्राप्त उपलब्धि संस्थागत गर्न १३ औं महाधिवेशन फलदायी हुनेमा म विश्वस्त छु ।
                                                           -प्रस्तुति : ‎गोविन्द‬ पोख्रेल
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget