[caption id="attachment_4106" align="alignnone" width="1500"]

नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाली जनसम्पर्क समितिका कार्यकर्ता तथा राष्ट्रसङ्घीय नेपाली नियोगका कर्मचारीहरुले कोइरालालाई जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
विमानस्थलमा पत्रकारसँगको सङ्क्षिप्त कुराकानीमा सभापति कोइरालाले भारतले नेपालमाथि गरिरहेको अघोषित नाकाबन्दी गलत र अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको बताउनुभयो । उहाँले यो समस्यालाई कूटनीतिक पहलमा नै समाधान गर्नुपर्ने धारणा राख्नु भयो ।
प्रधानमन्त्री पदको उम्मेदवारीको विषयमा प्रस्ट पार्दै सभापति कोइरालाले आफूले कसैको दबाब र करकापमा नभई पार्टीको निर्णयअनुसार उम्मेदवारी दिएको बताउनुभयो ।
उहाँले सार्वभौम देशको सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टीले लिएका कैयन निर्णयहरू वर्तमानमा नराम्रा देखिए पनि दीर्घकालीन रूपमा यिनै निर्णयहरू सही र दूरगामी प्रभाव पार्ने देखिएका छन् भन्नु भयो ।
कोइरालाको आजबाट मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार सुरु हुने र यसपश्चात् राष्ट्रसङ्घका महासचिव वान कि मुन तथा अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुलाई समेत भेट्ने कार्यक्रम रहेको जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले बताउनुभयो ।
Post a Comment