Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

ज्येष्ठ नागरिकको आँखाको निःशुल्क शल्यक्रिया, उपचार केन्द्र सञ्चालनका लागि सम्झौता

इलाम, २१ कात्तिक । इलामको फिक्कलमा ज्येष्ठ नागरिकका लागि सञ्चालित दुई दिने निःशुल्क नेत्र शल्यक्रिया शिविर सुरू भएको छ ।

हेल्प एजको सहयोगमा नेपाल नेत्र ज्योति सङ्घ इलाम, प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलको आयोजना र विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरेको शिविरमा १३० जनाको शल्यक्रिया गरिने बताइएको छ ।

बरबोटेका प्रजापति कोइरालाले दाहिने आँखाको शल्यक्रियापछि नयाँ ज्योति पाएको बताउनुभयो । कात्तिक ११ गते नयाँबजार गाविसबाट सुरू गरेको छनोट शिविर बिहीबार फिक्कलमा सम्पन्न भएको थियो । छनोटमा एक हजार ५०० आँखाका रोगीले सेवा लिएका थिए । छनोट शिविरमा शल्यक्रिया गर्नुपर्ने देखिएका बिरामीलाई विराटनगर आँखा अस्पतालका चिकित्सक हिमांसु अडोरासहित नौ जनाको प्राविधिक टोलीले सेवा दिइरहेका छन् ।

विराटनगर आँखा अस्पतालका अध्यक्ष पदमनारायण चौधरीले ज्येष्ठ नागरिकको आँखाको ज्योति फर्काउन अस्पतालले सक्दो सहयोग गर्ने बताउनुभयो ।
सङ्घका महासचिव श्यामकुमार पोख्रेलले सेवा क्षेत्र विस्तारका लागि थप काम सुरू भइसकेको जानकारी दिनुभयो ।

यसैबीच इलाममा आँखा उपचार केन्द्र सञ्चालनका लागि विराटनगर आँखा अस्पताल र नेत्र ज्योति सङ्घ इलामबीच हिजो सम्झौता भएको छ । तीनवर्ष अघि सुरू भएको आँखा उपचार केन्द्र नेत्र ज्योति सङ्घले आफ्नै पहलमा सञ्चालन गर्दै आएको थियो । सङ्घको निर्णयअनुसार सङ्घ र विराटनगर आँखा अस्पतालले सञ्चालन गर्ने सहमति भएको हो ।

विराटनगर आँखा अस्पतालका अध्यक्ष पदमनारायण चौधरी र सङ्घका इलाम अध्यक्ष इन्द्र फुयालले सम्झौता पत्रमा हस्ताक्षर गरेपछि अब इलामका आँखा रोगीले विराटनगर आँखा अस्पतालको सेवा पाउने भएका छन् ।

सम्झौतापछि अध्यक्ष चौधरीले फिक्कल र मङ्गलबारेमा पनि आँखा उपचार केन्द्र खोल्ने बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget