Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नेपालमा समाजसेवा गरिरहेकी म्यागी डोयनलाई सिएनएन हिरोको उपाधि

मंसिर, २ काठमाडौं । नेपाली महिला र बालबालिकाको सेवामा बिलिन्कनाव फान्डेसन मार्फत सक्रिय अमेरिकी युवती म्यागी डोयन यस वर्षकी सिएनएन हिरो घोषणा भएकी छिन् । मंगलबार न्यूयोर्कमा आयोजित समारोहमा उनलाई विजेता घोषणा गरिएको हो ।Maggie-Doyne1
डोयनले आफूलाई नेपालमा छोरीको रुपमा स्वागत गरिएको भन्दै आभार प्रकट गरेकी छिन् । उनले विजेता घोषित भएपछि मंगलबार स्टेजमा भनिन्, ‘मलाई तपाईंहरुको देशमा एउटी छोरीको रुपमा स्वीकार गरी माया दिनुभएकोमा नेपालका सम्पूर्ण जनतालाइ धन्यवाद भन्न चाहन्छु । हामीले आफू बस्ने संसारलाई आफूले चाहेजस्तै बनाउन सक्छौं । यहाँ उपस्थित सबै हिरोहरुले यहि काम गर्नुभएको छ ।’cnn-hero-Maggie-Doyne2
यो वर्षका १० जना प्रतिस्पर्धी मध्येबाट अनलाइन भोटिङको माध्यमले डोयनलाई विजेता घोषित गरेको हो । उनले एक लाख अमेरिकी डलर पुरस्कारका साथै टप टेन मा परेका प्रत्येकले पाउने थप १० हजार डलर प्राप्त गर्नेछिन् । नेपालबाट यसअघि अनुराधा कोइराला र पुष्पा बस्नेत सिएनएन हिरो भइसकेका छन् ।
उनले मध्यपश्चिमका टुहुरा तथा सडक बालबालिकालाई आवाससहित शिक्षा प्रदान गर्दै आएकी छिन् ।
अमेरिकाको न्यूजर्सीमा जन्मिएकी म्यागी डोइन १० वर्षअघि डिप्लोमा सम्मको अध्ययन सकेर विश्व भ्रममणमा निस्किएकी थिइन् । उनी फिजी हुँदै भारत आइन् र नेपाली शरणार्थीका लागि काम गरिन् ।

त्यही क्रममा उनको एक नेपाली युवतीसँग भेट भयो, जो आफ्नो परिवार भेट्न चाहन्थिन् । म्यागी डोइन उनीसँगै मध्यपश्चिम पुगिन्, जुन उनको जीवनकै ‘टर्निङ प्वोइन्ट’ बन्यो ।
उनले सशस्त्र द्वन्द्वबाट प्रभावित भएकाहरु भेटिन् । साना बालबालिकाहरु गिट्टी कुट्ने काम गरिरहेको देखिन् । २८ वर्षकी म्यागी डोइन भन्छिन्( ‘यसले मलाई परिर्वतन गर्‍यो ।’maggie-doyne12
उनले सन् २००६ मा जमिन किनिन् र स्थानीयसँगको सहकार्यमा कोलिका भ्याली चिल्ड्रेन होम सञ्चालनमा ल्याइन् । अहिले कोपिलामा ८ महिनादेखि १६ वर्षसम्मका ५० भन्दा बढी बालबालिकाले आश्रय पाएका छन् ।

उनले २०१० मा ब्लिनो फाउण्डसेन स्थापना गरिन्, जसले कोपिला भ्याली स्कुल खोलेको छ । अहिले उक्त स्कुलमा ३ सय ५० भन्दाबढी विद्यार्थी अध्ययनरत छन् ।
म्यागी डोइन अधिकांश समय नेपालमै बस्छिन् र वर्षमा केहीपटक मात्र अमेरिका जान्छिन् । म्यागी डोइनले गरेको प्रशंसनीय कार्य अवलोकन गर्न सीएनएन हिरो टीम सुर्खेत पुगेको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget