
इटहरी र दमकका होटलहरुमा प्रहरीको निग्राहनी बढेपछि यौन व्यवसाई महिलाले हाल आएर पथरीलाई सुरक्षीत स्थलको रुपमा लिएका छन । पथरीमा संचालीत होटलहरु पाथिभारा होटल एण्ड लज , नेशनल होटल एण्ड लज, खोटाङे होटल एण्ड लज, किँराती चाम्लीङ होटल एण्ड लजमा पर व्यक्ति ९ सयका दरले र १ रातको २ हजारका दरले यौन धन्दा संचालन हुदै आएको छ ।
उनिहरुले फोन मार्फत पनि होटलमा ग्राहक बोलाउने गरेका छन । ग्राहक आएपछी मदिरापान गराउने अनि कोठा भाडा र शारिरिक सम्र्पक राखे बापत पाँचसय लिने गरेका छन ।
दिन भरी मजदुर गरिखाने रिक्सावाला र सिटी सफारी डा«ईभरहरु बढि आउने गरेका यौन ब्यवसायि महिला बताउछन । बजारलाई असुरक्षीत हुनेगरी खुल्लेआम यौन धन्दा सञ्चालन हुदा पनि कसैले चासो नदेखाएकोमा स्थानियको गुनासो छ ।
होटल अगाडी बसेर सिधै बाटामा हिडेका व्यक्तीहरुलाई बोलाउने गरेका छन । एउटै होटलले ३ जना सम्म केटीहरु राख्ने र अर्को दिन पथरीकै अको होटलमा साटिएर बस्ने गरेका छन । यौन कार्यमा आउने व्यक्तीले यहाँ असुरक्षीत हुदैन रु भन्दा “हाम्री साउनिले पुरै बन्दबस्त मिलाउनु भएको छ भन्छन ।” यो पिडाले लजमा बस्न आउने पाउना मारमा परेमा र अलपत्रमा पर्ने गरेका छन । लजमा बस्न आउने पाहुनाका सामानहरु समेत हराउने गरेको १ पाहुना बताउछन् ।
योनपेशाकर्मीहरु छोटा पहिरनमा होटल अगाडी देखिने र ग्राहकलाई भुलाउने गरेको एक ग्राहक बताउछन । यौन पेसामा लाग्नेमा अधिकांम्स बिबाहित र बिछोड भैसकेका महिला रहेको बताईन्छ । केहि होटलले १५ बर्षका किसोरीहरु पनि प्रयोग गरेका छन ।
पथरी बाहिरका यौन पेसेवर महिलालाई पथरीमा बोलाएर दिनभरी होटलमा राख्ने र आउने संग यौन ब्यापार गर्ने गर्छन । होटलवलाले ग्रहकको इच्छा अनुसारका महिला पनि उपलब्द गराउने गरेका छन । यो भन्दा अगाडी पनि पथरीमा केही होटलहरुमा छापामार्दा प्रहरीले रंगेहात पक्राउ गरी छोडेको थियो । केहि समय यता पथरी यौन ब्यापार गर्ने थलोका रुपमा चिनिन थालेको छ । सहज रुपमा आफन्तका साथ हिडडुल गर्न पनि गारो परिस्थीती भएको स्थानियको गुनासो छ । होटल ब्यवसायिक संघका अध्यक्षको होटल बाट १ जोडी पक्राउ परे यता प्रहरीले कुनै होटलमा छापा मारेको छैन ।
दिउसै पनि होटल तथा लजहरुमा केही समयका लागि कोठा भाडामा लिएर यौन धन्दा हुने गरेको बताईन्छ । उनिहरुले दुई घण्टा रुम प्रयोग गरेको पाँच सय देखि एक हजार सम्म लिने गरेका छन् ।

हरेक दिन प्रहरीले पथरीका होटलहरुमा चेक गरिरहेको र त्यस्ता प्रमाण फेला नपरेको प्रहरीको भनाई छ । यौन धन्धाको हल्ला आउन थाले पछि त्यहाँका होटेलहरु विषेश निगरानीमा रहेको प्रहरीले जनाएको छ । होटल तथा लजमा महिलाहरुनै राखेर यौनधन्दा गरेको अहिले सम्म पत्ता नलागेको तर यस्ता प्रमाण हरु फेला परेमा कानुनअनुसार कडा कार्ववाही गरिने ईलाका प्रहरी कार्यलय पथरीका प्रमुख रमेश बस्नेतले बताउनुुभयो ।
Post a Comment