
एजेन्सी, २७ कात्तिक ।
म्यानमारमा भएको आम निर्वाचनमा विपक्षी दल नेशनल लीग फर डेमोक्रेसी एनएलडीले अत्यधिक स्थानमा जित हात पारेसँगै सैनिक शासन अन्त्य हुने निश्चित भएको छ ।
पच्चीस वर्षपछि भएको निर्वाचनमा ८० प्रतिशत सीटको अन्तिम नजिता सार्वजनिक भईसक्दा आङ् साङ सुकी नेतृत्वको एनएलडीले अत्यधिक स्थानमा जित हात पारेको छ ।
एनएलडी दुई तिहाई स्थानमा विजयी उन्मुख भएसँगै सैनिक शासन धरापमा परेको हो । एनएलडीले दुई तिहाई मत प्राप्त गरे पनि संबैधानिक व्यबस्था अनुसार सुकी राष्ट्रपति भने बन्न पाउनुहुने छैन । सुकीका दुई जना बच्चा बेलायती भएकाले राष्ट्रपति बन्न नपाउने म्यानमारको संविधानमा उल्लेख छ ।
Post a Comment