Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

म्यानमारका उपराष्ट्रपति पनि विजयी

याङ्गोन, २६ कात्तिक । म्यानमारका उपराष्ट्रपति पनि संसद सदस्यमा विजयी हुनुभएको समाचार छ । उपराष्ट्रपति डा. साइ माउक खाम संसद सदस्यका लागि बिजयी हुनुभएको हो ।
म्यानमारको निर्वाचन आयोगले बिहीबार गरेको निर्वाचनको पछिल्लो मतगणनाको परिणाममा सो जानकारी दिइएको छ ।
उहाँले सत्तारुढ दल युनियन सोलिडारिटी एन्ड डेभलप्मेन्ट पार्टीका तर्फबाट म्यानमारको लासियो टाउनसिप निर्वाचन क्षेत्रबाट निर्वाचन लड्नुभएको थियो ।
त्यस्तै गरी अर्का उपराष्ट्रपति यु नियान तान पनि विजयी हुनुभएको बताइएको छ । उहाँले बागो क्षेत्रबाट निर्वाचन लड्नुभएको थियो ।
यसैबीच बिहीबार बिहान दिइएको निर्वाचनसम्बन्धी पछिल्लो जानकारीअनुसार म्यानमारको प्रमुख विपक्षी दल नेशनल लिग फर डेमोक्र्यासीले अत्यधिक बहुमत प्राप्त गरेको जानकारी दिइएको छ ।
बिहीबार बिहान म्यानमारको निर्वाचन आयोगले दिएको ताजा जानकारीमा आङ सान सुकीको दल एनएलडीले ७०६ स्थानमा ५८७ स्थान हात पारेको छ ।
एनएलडीका यी स्थानहरुमध्ये संसदको तल्लो सदनमा १९६ स्थान, माथिल्लो सदनमा ७७ स्थान र प्रान्तीय वा क्षेत्रीय स्थानमा ३१४ स्थान जितेको हो ।
वर्तमान सत्तारुढ दलले ६६ स्थान हासिल गरेको छ । ती मध्ये तल्लो सदनमा २३ र माथिल्लोमा ३९ स्थान सो दल विजयी भएको हो ।
निर्वाचनका परिणामहरु सार्वजनिक भइरहेका छन् । बिहीबार दिइएको नयाँ र ताजा परिणाम हो यो । मत परिणामको आधिकारिक सकिएको बारेमा भने निर्वाचन आयोगले केही जानकारी गराएको छैन ।
तर पनि अब मत गणना लगभग सकिएको बताइएको छ । थोरै मतमात्र गणना गर्न बाँकी रहदासम्म नै पनि सुकीको दलले स्पष्ट बहुमत हासिल गर्ने स्पष्ट देखिएको थियो ।
सुकी सैनिक शासनको नजरबन्दमा १५ वर्ष बिताउनुभएको छ । उहाँ गएको सन् २०१२ पछि स्वतन्त्र भई निर्वाचनमा सहभागी हुनुभएको थियो । हाल उहाँ संसदमा प्रमुख विपक्षी दलको नेता हुनुहुन्छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget