Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नेपालमा सिर्जित परिस्थितिमा क्षेत्रीय ऐक्यबद्धतामा युरोपेली संसद्को जोड

काठमाडौँ, ७ कात्तिक । दक्षिण एसियाली मुलुकको सम्बन्धका लागि युरोपेली संसद्को डेलिगेसनका अध्यक्ष जाँ लाम्बर्टले भारतले लगाएको अघोषित नाकाबन्दीपछि नेपालमा सिर्जित नयाँ चरणको परिस्थितिमा क्षेत्रीय ऐक्यबद्धतामा जोड दिनुभएको छ ।

बेल्जियमको राजधानी ब्रुसेल्सबाट प्रेस विज्ञप्ति जारी गर्दैै अध्यक्ष लाम्बर्टले भारतको अघोषित नाकाबन्दीले भर्खरैको भूकम्पबाट तङ्ग्रिँदै गरेका नेपालीलाई झन् कष्ट थपेको बताउनुभएको छ ।

अध्यक्ष लाम्बर्टले असल छिमेकीको नाताले भारतलाई नेपालमा अत्यावश्यक सामानको बिनाअवरोध आपूर्ति सहज पार्न आह्वान गर्नुभएको छ ।

नेपालमा हालै जारी गरिएको संविधानमा केही सुधार भने अवश्य पनि गर्नुपर्नेे बताउँदै उहाँले हालको नाकाबन्दीका कारण इन्धनमा देखिएको सङ्कटले पर्यटन क्षेत्रमा नकारात्मक असर पार्ने औँल्याउनुभएको छ ।

लाम्बर्टले गत हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत मधेसी समुदायका मागका बारेमा छलफल गरी समस्या समाधान गर्ने भनाइको स्वागत पनि गर्नुभएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget