Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

तीन दलीय एकता कायम राखौै– मन्त्री बस्नेत

भक्तपुर, १९ असोज । उद्योग मन्त्री महेश वस्नेतले सत्ता समिकरणका नाममा तीन दलीय एकतालाई भत्काउन नहुने बताउनु भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरले आज यहाँ आयोजना गरेको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सम्बन्धी सरोकारवाला निकायहरुसंगको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नयाँ संविधानलाई सहज कार्यान्वयनमा ल्याउन तीन दलीय एकता अझै सातवर्षसम्म कायम हुनुपर्छ भन्नुभयो ।
मन्त्री वस्नेतले अब राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर मुलुकलाई समृद्धि बनाउन जोड दिँदै कम्तीमा एउटा जिल्लामा एउटा निर्वाचन क्षेत्र कायम हुनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा घरेलु विभागका महानिर्देशक नारायणप्रसाद विडारीले हाल ६५ वटा जिल्लामा पुगेको गरिबी निवारण लघु उद्यम विकास कार्यक्रमलाई ७५ वटै जिल्लाका सबै नगरपालिका एवं गाविसमा पु¥याउने जानकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुरका स्थानीय विकास अधिकारुी पशुपतिबाबु पुरी, घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख दिपक कोईराला, घरेलु विभागका निर्देशक बाबुराम अधिकारी, मेडेपका राष्ट्रिय कार्यक्रम प्रबन्धक डा. रुामजीप्रसाद न्यौपानेले प्रत्येक गाविसका गरिब नागरिकलाई उद्यमी बनाउने बताउँनु भयो ।
सो अवसरमा स्थानीय निकायको रु. ५ करोड, ९७ लाख, ५९ हजारले १० हजार ३०९ जना व्यक्ति उद्यमी भएको बताईएको थियो भने ५ वर्षे रणनीतिक योजनामा २०१८ सम्ममा रु. ४ अर्ब १६ करोड रकम लाग्नेमा रु. १ अर्ब सरकारले, ३४ करोड ह्याण्डी क्राफ्ट ले बाँकी बिभिन्न दाताबाट संकलन गरेर कार्यक्रम लागू गरिेन बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget