Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

महासचिव मुनद्धारा संविधान जारी भएकोमा प्रशंसा

न्युयोर्क (अमेरिका), १६ असोज । संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मूनले नेपालमा संविधानसभाबाट संविधान जारी भएकोमा त्यसको प्रशंसा गर्नुभएको छ ।
Ban-Ki-Moon-Prakash-Man-Sin
संयुक्त राष्टसङ्घको ७० औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका उपप्रधानमन्त्री प्रकाशमान सिंह र संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मूनबीच शुक्रवार संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको भेटवार्तामा महासचिव मूनले प्रशंसा गर्नु भएको हो ।

“नेपालमा संविधान जारी भएकोमा म त्यसको प्रसंशा गर्दछु’ महासचिव मूनको भनाइ उद्धत गर्दै भेटपछि उपप्रधानमन्त्री सिंहले बताउनुभयो ।

संविधान जारी भएपछि असन्तोषका स्वरहरु उठेकाले त्यसमा सबैलाई मिलाएर लानु राम्रो हुने महासचिव मूनले सुझाव दिनु भएको थियो ।

भेटमा उपप्रधानमन्त्री सिंहले संविधानसभाबाट दुई तिहाइबढी मतका साथ लोकतान्त्रिक विधि र प्रक्रियाद्वारा संविधानसभाले संविधान जारी गरेको बताउँदै संविधानले समावेशी, समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरेको, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र तय गर्ने अन्तरिम संविधानको भावनालाई आत्मसाथ गरेको तथा महिला,दलित, जनजाति, र पिछडिएका जनताको हित गर्ने खालको भएको मुनलाई जानकारी गराउनुभएको थियो ।

“समयको माग एवम् जनताको चाहनाअनुसार संविधान संशोधन गर्दै जान सकिन्छ” सो अवसरमा उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।


विगतमा १६ बुँदे सहमति हुँदा संयुक्त राष्ट्रसङ्घले स्वागत गरेको तर निश्चित विधि र प्रक्रियाबाट लोकतान्त्रिक समावेशी संविधान संविधानसभाबाट जारी गर्दा किन स्वागत भएन भन्ने चासो उठेको सन्दर्भ पनि सो अवसरमा उपप्रधानमन्त्री सिंहले राख्नुभएको थियो ।

त्यसैगरी संविधान जारी भएपछि सीमा क्षेत्रबाट उपभोग्य सामग्री आवतजावतमा कठिनाइ भइरहेकाले यसले नेपालमा विकराल रुप लिनुअगाडि सबैले ध्यान दिनुपर्ने र संयुक्त राष्ट्रसङ्घले पनि चासो लिनुपर्ने नेपालले धारणा राखेको थियो ।

महासभाको ७० औँ सभाको सफल नेतृत्व प्रदान गरेर सफल बनाउनुभएकामा महासचिव मूनलाई उपप्रधानमन्त्री सिहंले बधाइ दिनु भएको थियो । सो अवसरमा उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री सुशील कोइरालाको शुभकामना मूनलाई दिनुभएको थियो ।

भेटवार्तामा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास बैरागी, राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनबहादुर कार्कीलगायत सहभागी हुनुहुन्थ्यो ।

यसअघि उपप्रम सिंहले संयुक्त राष्ट्रसङ्घको ७० औँ महासभालाई सम्बोधन गर्नुभएको थियो । उपप्रधानमन्त्री सिंहले महासभाका क्रममा अमेरिकी राष्ट्रपतिले आयोजना गर्नुभएको चियापान, चिनियाँ राष्ट्रपति सि जिङ पिनले आयोजना गर्नुभएको दक्षिण–दक्षिण सहयोगलगायतका विभिन्न कार्यक्रमहरुमा सहभागी हुनुभएको छ ।

नेपाली प्रतिनिधिमण्डल शुक्रवार यहाँबाट स्वदेशका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget