Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

काठमाडौँ सहरलाई सुन्दर र हराभरा बनाउन बोटबिरुवा रापिँदै

काठमाडौँ, २० असोज । काठमाडौँ सहरलाई थप सुन्दर र हराभरा बनाउने मुख्य उद्देश्यका साथ बोटबिरुवा रोप्ने काम भइरहेको छ ।

काठमाडौँ महानगरपालिकाअन्तर्गत वातावरण व्यवस्थापन विभाग प्रमुख हरि कुँवरका अनुसार हालसम्ममा त्रिपुरेश्वर, थापाथली, भद्रकालीदेखि सिंहदरबारसम्मको क्षेत्रमा झन्डै तीन सय गमलामा बोटबिरुवा रोप्ने काम सकिसकेको छ ।

त्यसैगरी तत्कालका लागि राष्ट्रिय सभागृहको अगाडि, बानेश्वर चोक र एअरपोर्टमा बिरुवा रोप्ने तयारी रहेको छ भने अन्य स्थानमा पनि आवश्यकता र रोपेका बोटबिरुवालाई संरक्षण गर्न सहज हुनेगरी बिरुवा रोपिने कुँवरले जानकारी दिनुभयो ।

विभागका अनुसार सार्क शिखर सम्मेलनमा रोपेको धेरै स्थानको बोटबिरुवाको संरक्षण गर्न नसकेकाले संरक्षण गर्न सहज होस् भनेर पनि यो अभियान सुरु गरेको हो । अहिले सहरका केही मुख्य स्थानमा सडक पुनः निर्माणको काम भइरहेकाले ती स्थानमा भने निर्माणको काम सकेर मात्र बोटबिरुवा लगाइने छ ।

सम्मेलनको समयमा रोपिएका बिरुवाको अधिकांश स्थानमा संरक्षण हुन सकेको छैन । धेरै स्थानको गमलासमेत फुटाइसकेकाले अहिले सम्मेलनको समयमा लगाएको र संरक्षण हुन नसकेको स्थानको गमला र बोटबिरुवालाई पनि अन्यत्र स्थानमा सारिएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget