Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

३० मिनेट सम्हालिन नसक्दा सिक्किम यसरी खाएको थियो भारतले

स्वतन्त्र देश सिक्किमलाई भारतले यसरी बनायो २२ औं प्रदेश

150501135823_chogyal_624x351_loc.inकाठमाडौं, ८ असोज २०७२। ६ अप्रिल १९७५ सिक्किम राज्यबासीहरुको कालो दिनका रुपमा रहेको छ । उक्त दिन बिहानै सिक्किमका राजा चोग्याल आफ्नो दरबारमा टहलाइरहेका थिए । एक्कासी उनको दरबार अगाडी भारतीय सैनिकका बक्तरबन्द ट्रकहरुको लर्को देखे । उनी अत्तालिँदै दौडिए र झ्यालबाट हेरे । यती गर्न नभ्याउँदै उनको दरबार भारतीय सैनिकले चारैतर्फबाट घेरिसकेका थिए । यतीकैमा त्यहाँ मेसिनगनका चर्का आवाज आउन थाले ।

राजदरबारको मुल ढोकामा सुरक्षार्थ खटीएका बसन्तकुमार क्षेत्री लगायतका सिक्किमेली सेनाहरु ढले ।

करिब पाँच हजार भारतीय सैनिकले राजदरबारका २ सय ४३ वटा गाडीलाई आफ्नो कब्जामा लिन ३० मिनेटभन्दा बढीको समय पनि लागेन। त्यही दिन १२ बजेर ४५ मिनेटसम्ममा सिक्किमले स्वतन्त्र देशको मान्यता गुमाइसकेको थियो।

न त उनले भारतीय सेनालाई रोक्नै सके, न त, यस्तो होला भन्ने कल्पना नै गरेका थिए । आफ्नै देशका जनप्रतिनिधिहरु भारतसँग मिलेर देश नै बेच्छन् भन्ने उनलाई के थाहा ?

चोग्यालले यसको सूचना हैम रेडियोबाट पुरै विश्वलाई दिए। इग्ल्याण्डको एक गाउँमा रिटायर्ड डाक्टर र जापान तथा स्वीडेनका अन्य दुई व्याक्तिले चोग्यालको यो आपतकालीन सन्देश सुने। त्यसपछि चोग्याललाई नजरबन्द गरियो।

150501124018_chogyal_624x351_sikkimarchives.gov.inभारतले सिक्किम कब्जा गर्ने अभियान निकै अघिदेखि थालेको थियो । त्यो अति गोप्य रुपमा यस क्रममा सन् १९७३ अप्रिल ७ मा दिल्ली नगरपालिकाका आयुक्त बीएस दासलाई भारतीय विदेश सचिव केवल सिंहले उनलाई सिक्किम सरकारको नेतृत्व गर्न आग्रह गरे ।

उनी लगत्तै हेलिकोप्टर मार्फत् सिक्किमको राजधानी गान्तोक पुगे । जहाँ सिक्किमका राजाका विरोधी लोण्डुप दोर्जेले उनलाई स्वागत गरे ।
सिक्किमका राजा चोग्यालले दारको भुमिका बुझिसकेका थिए । उनले दासलाई सिक्किम गोवा नभएको भन्दै धम्की दिए ।

चोग्यालले आफ्नो देशलाई पनि भारतले भुटानलाई जस्तै मान्यता देओस् भन्ने चाहना थियो । उनले दासलाई सिक्किमका जनतालाई दवाउने योजना नबनाउन धम्की समेत दिए ।

भारतले सिक्किमलाई भारतमा विलय गर्ने योजना सन् १९६२ मा बनाएको थियो । जतीखेर भारत तीन युद्ध भएको थियो । सिक्किमको चुबी खर्क, जुन चीन सँग पनि जोडीएको छ, यो मार्गको प्रयोग गरेर चीनले भारतमाथि हमला गर्न सक्ने धेरै आधार थिए ।

सिक्किमका राजा चोग्यालले अमेरिकी महिलासँग बिवाह गरेका थिए । होप नामकी ती महिलाले राजा चोग्याललाई स्वतन्त्र सिक्किम राज्यकालागि अमेरिकी समर्थन जुटाउने प्रतिबद्धता जनाइन् । तर, भारतले सिक्किमको यो अभियान मन पराएन । चोग्यालकी श्रीमती होप कुकको व्याक्तित्व पूरै रहस्यमय थियो।

140502054515_rn_kao_with_pn_dhar_624x351_pndharचोग्याललाई भारतविरुद्ध भड्काउनमा उनको ठूलो भूमिका पनि। त्यही सिलसिलामा स्कुलको पाठ्यपुस्तक बदलिए। उनले युवा अफिसरलाई बोलाएर हरेक साता बैठक गर्न थालिन्।

जब उनी चोग्यालकी रानीको भूमिका निभाउँथिन्, तव उनी त्यहीँको स्थानीय भेषभुषा लगाएर निक्कै विनम्रतासँग मसिनो स्वरमा कुरा गर्थिन्। जब उनी दुखी हुन्थिन् तब सबै सन्तुलन गुमाउँथिन्।

अन्तिममा राजा रानीका बीचमा यस्तो लफडा भयो की रानी अमेरिका फर्कने निधोमा पुगिन् । भारतको निरन्तरको दवाव पछि चोग्यालले १९७४ मे ८ का दिन मनले नमान्दा नमान्दै एउटा सम्झौता गरे । र उनले निर्वाचन घोषणा गरे ।

भारतले भित्र भित्रै सेटीङ मिलाइसकेको थियो । यस कारण उनलाई समर्थन गर्ने नेसनलिस्ट पार्टीले ३२ मा जम्मा एक सिट जित्यो । बाँकी उनै भारतका खुफीया लेण्डुपको पार्टीले, जुन भारतको पुरै योजनामा चलेको थियो । अवस्था यस्तो आइपुग्यो की चोग्यालले गराएको सपथ उनीहरुले नलिने अडान लिए ।

यस बीचमा चोग्याल नेपाल आए । राजा बीरेन्द्रको राज्यभिषेकका लागि चोग्याल जकीय अतिथिका रुपमा नेपाल आएका थिए । नेपालमा उनले पाकिस्तानी राजदूत र चीनका उपप्रधानमन्त्री सी लिउसँग भेट गरे। उनले भारतले आफ्नो देश सिध्याउन लागेकाले सहयोग गर्न आग्रह गरे ।

उनको यो आग्रहलाई चीनले स्विकार्ने बताए तर, मे ८ को समझौताको विषयलाई लिएर उनीहरु पनि पछि हटे । चोग्यालले आफ्नो देश जोगाउनकालागि अन्तिम प्रयास गरे ।

३० जुन १९७४ मा चोग्यालले आफ्नो सबै कुरा इन्दिरा गान्धीसँग राखे । राजा चोग्यालले लेण्डुपले देश भारतसँग मिलाउन गरिरहेको हर्कतले भारतलाई पनि बेफाइदा गर्ने भन्दै आशुँ झरे ।

तर, पुर्व नियोजित योजना अनुसार नै काम भैरहेकोमा भित्र भित्रै खुसी भएकी गान्धीले उनको अनुनय सुनिनन् ।

मात्र चुप बसिन् । इन्दिरा गान्धी चुप हुनुलाई एउटा नकारात्मक टिप्पणीका रुपमा देखिन्थ्यो। यसमा उनलाई महारथ पनि प्राप्त थियो।

गान्धी जुरुक्क उठिन्, रहस्यमय ढंगसँग मुस्कुराइन् र आफ्ना दुई हात जोडिन्। चोग्यालका लागि यो इशारा थियो, अब उनी जान सक्छन्।

150501134202_chogyal_pn_dhar

चाखपूर्ण कुरा यो थियो कि, उनै चोग्याल १९५८ मा जब जवाहरलाल नेहरुका अतिथि बनेर दिल्ली आएका थिए त्यतिखेर उनी नेहरुकै निवासस्थान तीनमूर्ति भवनमा बसेका थिए। चोग्याल एक अनौठा व्याक्तिका धनी थिए, जसले कहिल्यै पनि सिक्किमको पृथक पहिचानमा सम्झौता गरेनन्। सिक्किमका राष्ट्रभक्त राजा चोग्यालको क्यानसरका कारण सन् १९८२ मा मृत्यु भएको थियो ।

त्यस अघि उनकी रानीले दुई सन्तान अमेरिका लगिसकेकी थिइन् भने उनका एक छोरा, जो राज्यको उत्तराधीकारी थिए, दुर्घटनामा ज्यान गएको थियो । सिक्किम विलयको विरोध चीनले सन् १९६८ मा चेगोस्लाभिया रुसमा गाभ्दा झै गरेको थियो ।

gangtok-city-sikkim

चीनले विरोध गरेपनि गान्धीले चीनलाई तिब्बत केहो भनेर प्रश्न सोधीन् र चीन नैतिक रुपमा चुप बस्यो । यस्तो अवस्थामा भुटान पनि खुसी भयो । कारण उसलाई लाग्ने सिक्किमसँगको मित्रताको आरोप सकिदै थियो । नेपालमा भने यसको विरोध भयो । सिक्किममा ८० प्रतिशत नेपाली भाषी थिए ।

सिक्किममा जनमत संग्रह पनि गरियो । तर, त्यो नाटक मात्र थियो । भारतले मत पेटीका नै परिवर्तन गराएर परिणाम सार्वजनिक गरेको थियो ।

sikkimसिक्किम विलय गराउन भारतीय रअको महत्वपुर्ण भुमिका रहेको छ । रअले सिक्किमलाई ध्वस्त पार्ने र लोण्डुप दोर्जे मार्फत् चुनावमा धाँधली गराएर आफ्नो जित हात पार्न भुमिका खेलेको थियो ।

र सिक्किमलाई भारतको २२ औं राज्य बनाउने संविधान संशोधन विधेयक २३ अप्रिल १९७५ मा लोकसभामा पेस भयो। त्यही दिन यो प्रक्रियालाई २ सय ९९ को विरुद्ध ११ मतबाट पारित गरियो। राज्यसभामा यो बिल २६ अप्रिलका दिन पेश भयो।

र १५ मई १९७५ मा राष्ट्रपति फखरुद्दीन अली अहमदले यो बिलमा हस्ताक्षर गरे। नामग्याल राजवंश त्यही दिन समाप्त भयो। अनि एउटा सार्वभौम सत्ता सम्पन्न सिक्किम भारतको २२ औं राज्यका रुपमा स्थापीत भयो र अहिले पनि त्यहाँ भारतले विभेद गरिरहेको छ । अनि सिक्किमेली जनतालाई नागरिकता लगायतका विभिन्न खाले समस्यामा पारिनै रहेको छ ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget