Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

डायलासिस छाडेर संविधानको हस्ताक्षर

काठमाडौँ, १ असोज । मिर्गौला रोगको उपचाररत स्वतन्त्र सभासद् मेघराज नेपाली (मिसाद)ले डायलासिस छाडेर संविधानसभा भवनमा आई संविधानमा हस्ताक्षर गर्नुभएको छ ।

संविधानसभाबाट गत भदौ ३० गते पारित भएको संविधानमा हस्ताक्षर गर्ने ऐतिहासिक अवसर नगुमाउन उहाँ गम्भीर बिरामी हुँदा पनि संविधानसभामा आउनुभएको हो ।

सभासद् नेपालीले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएको छ । उहाँले केही समयअघि मिर्गौलाको प्रत्यारोपण गर्नुभएको थियो ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सभासद् नेपालीको स्वाथ्यका विषयमा चासो व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी संसद् सचिवालयका स्वास्थ्य विज्ञ प्रदीपकुमार घिमिरेले सभासद् नेपालीको स्वास्थ्य प्रतिकूल भएकाले उहाँको आफन्तले उहाँलाई संविधानसभासम्म ल्याएको जानकारी दिनुभयो ।

आज दिउँसो ३ बजेसम्म सभासद्हरुले संविधानको पाँच प्रतिमा हस्ताक्षर गर्दै हुनुहुन्छ । यही असोज ३ गते विशेष समारोहका बीच नेपालको संविधान, २०७२ जारी हुनेछ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget