Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

विराटनगर तनावग्रस्तः सोह्र राउण्ड गोली फायर, पत्रकारको मोटरसाइकल जलाइयो

विराटनगर, २३ भदौ । विराटनगर–२१ स्थित सीमावर्ती क्षेत्रमा आज संयुक्त मधेसी मोर्चाका बन्दकर्ता र प्रहरीबीच झडप भएपछि विराटनगरको अवस्था तनावग्रस्त बनेको छ ।

बिहान करिब ९ बजेको समयमा सीमावर्ती क्षेत्र नजिक प्रहरीको चेकपोस्ट तोडफोड गरेपछि बन्दकर्ताले प्रहरीमाथि ढुङ्गा प्रहार गर्दा अवस्था तनावपूर्ण बनेको थियो ।

सो समयमा स्थितिलाई नियन्त्रण गर्न केही राउण्ड अश्रुग्यास छोडे पनि नियन्त्रणमा आउन नसक्दा १६ राउण्ड हवाइफायर गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

सो समयमा सशस्त्र प्रहरीले १० राउण्ड र नेपाल प्रहरीले ६ राउण्ड हवाइफायर गरेको प्रहरी नायव उपरीक्षक प्रमोद खरेलले जानकारी गराउनुभयो ।

अवस्था नियन्त्रणमा आइसकेको तर उक्त फायरबाट घाइतेको सम्बन्धमा कुनै जानकारी नआएको उहाँले थप्नुभयो ।

यसैबीच, विराटनगरका मकालु टेलिभिजनका समाचारदाता नवीन कर्ण र गोरखापत्रका समाचारदाता जीतेन्द्र ठाकुर समाचार सङ्कलनका लागि जाँदै गर्दा विराटनगर–२१ स्थित जनविकास उच्च मावि अगाडि बन्दकर्ताले कर्णको को ८ प २२३९ नम्बरको मोटरसाइकलमा आगजनी गर्नुका साथै हातपातसमेत गरेका छन् ।

सीमावर्ती क्षेत्रका साथै विराटनगरमा तनाव हुनसक्ने चोकमा पनि व्यापकरुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उता, भारतीय क्षेत्रमा जोगवनीमा पनि भारतीय सीमा सुरक्षाबल परिचालन गरिएको छ ।

सो सीमावर्ती क्षेत्रमा सर्वसाधारणको आवतजावत पनि ठप्प पारिएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget