Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

टर्नबुलद्वारा अष्ट्रेलियाली प्रधानमन्त्रीका रुपमा सपथ

क्यानबेरा, २९ भदौ । अस्ट्रेलियाका एकजना अर्बपति एवम् पूर्व बैंकर समेत रहेका मालकम टर्नबुलले अष्ट्रेलियाको प्रधानमन्त्रीको रुपमा सपथ लिनुभएको छ । उहाँलाई सोमबार मात्र पार्टीले नयाँ सरकारको नेतृत्वका लागि चयन गरेको थियो ।

अष्ट्रेलियाली प्रधानमन्त्री टोनी अबोटलाई सोमबारमात्रै पार्टीले अध्यक्षबाट हटाएको थियो । उहाँलाई पार्टीले हटाएको यस निर्णयलाई एक किसिमको ‘कू’ भनेर नै परिभाषित गरिएको छ ।

गएको दुई वर्षभित्रमा मात्र टर्नबुल अष्ट्रेलियाका चौथो प्रधानमन्त्रीका रुपमा चयन हुनुभएको छ । अष्ट्रेलियामा पछिल्लो समयमा राजनीतिक अस्थिरता बढेको पाइएको छ ।

सपथ ग्रहणका लागि राजधानी क्यानबेरमा उपस्थित हुनुभएका प्रधानमन्त्री टर्नबुलले यहाँ उपस्थित सम्वाददाताहरुलाई प्रतिक्रिया दिनुभयो– आज मेरा लागि एकजना अष्ट्रेलियाली हुनुको सबैभन्दा ठूलो उत्साहजनक समय हो ।

उहाँले भन्नुभयो– यो यस्तो समय हो कि परिस्थितिले पनि मैले नसोचेको घटनाको रुप लिएको छ र त्यसले मलाई निकै नै उत्साहित बनाएको छ । यस अर्थमा मैले आपूmलाई निकै नै भाग्यमानी ठानेको छु ।

मेरो आफ्नो एक दृढ निश्चय यो हो कि म सन् २०१५ मा एक सफल नेता बन्ने छु र यसका लागि मैले नारा होइन वकालतमा विश्वास गर्छु– सम्वाददाताहरुसँग उहाँले भन्नुभयो ।

लिवरल पार्टीको सोमबार राति अबेर भएको आन्तरिक मतदानमा टर्नबुलले वर्तमान प्रधानमन्त्री टोनी एवटलाई प्राप्त पार्टीको ९८ सांसद सदस्यमध्ये ५४ मत ल्याउन सफल हुनुभएको थियो ।

पूर्व प्रधानमन्त्री एवटले भने ४४ अर्थात् टर्नबुलको भन्दा १० मत कम प्राप्त गर्न सफल हुनुभएको लिबरल पार्टीले जनाएको छ ।

टर्नबुल यसअघि एवटको सरकारका सञ्चारमन्त्री हुनुहुन्थ्यो । सोमबारै दिउँसोसम्म टोनी एवटको मन्त्रिपरिद्मा रहेका टर्नबुलले प्रधानमन्त्रीका लागि पार्टीभित्र सोमबार हुने भनिएको आन्तरिक मतदानमा सहभागी हुनकै लागि सञ्चारमन्त्रीबाट राजीनामा दिनुभएको हो ।

पूर्व प्रधानमन्त्री एबटले आफ्नो बिदाईमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनका क्रममा भने आफूमाथि अन्याय भएको भन्दै तीतो पोख्नुभएको थियो । उहाँले गएका केही वर्षयता अष्ट्रेलियामा राजनीतिक संस्कारमा नराम्रो रुपमा परिवर्तन भएको प्रतिक्रिया दिनुभयो ।

सो कार्यक्रममा उहाँले भन्नुभयो– यस दशकमा हामीकहाँको राजनीतिमा निकै नै परिवर्तन आएको छ, हामीले कयौँ निर्वाचन गरेका छौँ र आफ्नो ढङ्गबाटै तिक्तता बढाएका छौँ ।

वास्तवमा यस्ता घटनाहरु भनेको राजनीतिक चरित्र हत्याका लागि भएका जस्तो बढी मात्रामा लाग्न थालेको छ– उहाँले भन्नुभयो । हिजोआज अष्ट्रेलियाको राजनीति राजनीतिक चरित्र हत्याको बाटोमा उन्मुख भएको उहाँले बताउनुभयो ।

उहाँले आफ्नो पार्टीले आपूmलाई कुनैपनि समय नदिई र स्पष्टिकरण वा अन्य कुनै सुधारको मौका नै नदिई अकस्मात पार्टी र सरकारबाट हटाउने प्रपञ्च रचेको अनुभव उहाँले व्यक्त गर्नुभयो ।

नवनियुक्त प्रधानमन्त्री टर्नबुलले आगामी दिनमा अष्ट्रेलियाको राजनीतिक नेतृत्वको शैली फेर्ने किसिमले आफूले कामगर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । एएफपी
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget