Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रधानमन्त्री टीकापुर घटनाको छलफलमा

धनगढी, ९ असोज । प्रधानमन्त्री सुशील कोइराला गत भदौ ७ गते भएको हिंसात्मक घटनाको वस्तु स्थिति बुझ्न आज टीकापुर पुग्नुभएको छ ।

प्रधानमन्त्रीका साथमा नेपाली सेना र नेपाल प्रहरीका प्रमुख, गृह सचिवलगायत सम्मिलित हुनुहुन्छ । प्रधानमन्त्रीले अहिले स्थानीय सुरक्षा निकायका प्रमुखसँग सुरक्षाको व्यवस्थापनका साथै टीकापुर घटना र घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गरिरहनुभएको जिल्ला प्रहरी प्रमुख विक्रमबहादुर चन्दले बताउनुभयो ।

यसपछि प्रधानमन्त्रीको टोलीले स्थानीय राजनीतिक दलका कार्यकर्ताका साथै थारु समुदायका अगुवासँग छलफल गर्ने कार्यक्रम छ । टीकापुरमा भएको थरुहटको प्रदर्शनका क्रममा आठ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।

घटनालगत्तैबाट स्थानीय प्रशासनले टीकापुर नगरक्षेत्रसहित आसपासका क्षेत्रमामा लगातार निषेधाज्ञा लगाउनाका साथै निषेधित क्षेत्र घोषणा गरेको छ । सो क्षेत्रलाई घटनापछि दङ्गाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गरिएकामा दुई दिनअघि मात्रै दङ्गाग्रस्त क्षेत्र हटाइएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget