Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

जाजरकोटको फम्दामा तीन महिनादेखि टेलिफोन सेवा अवरुद्ध

जाजरकोट, २२ भदौ । जाजरकोटको सबैभन्दा दुर्गम स्थानमा रहेको फम्दामा टेलिफोन सेवा अवरुद्ध भएको छ ।

तीन महिनादेखि भगवती गाविस–६ फम्दामा रहेको नमस्तेको सेटेलाइट टावरमा खराबी आएपछि यहाँका स्थानीय समस्यामा परेका छन् ।

नमस्तेको टावरबाट जिल्लाको भगवती, रुकुमको गोतामकोट र खदी गाविसका स्थानीय सेवा लिइरहेकामा असारदेखि टावरमा खराबी आए पनि अहिलेसम्म मर्मत हुन नसकेको स्थानीयको गुनासो छ ।

यो क्षेत्रमा सञ्चालनमा रहेको हेलो नेपालको टावरमा पनि खराबी आएपछि यहाँका हजारौँ उपभोक्ता टेलिफोन गर्न नपाएपछि छिमेकी रग्दा गाविसमा आएर आफन्तसँग सम्पर्क गर्न बाध्य भएको पश्चिम उच्च पहाडी गरिबी निवारण कोषका भगवती सामाजिक परिचालक मोहन बस्नेतले जानकारी दिनुभयो ।


यसैबीच जाजरकोटका दूरदराजमा रहेका स्काइ टावरमा स्काइको थ्रिजी सञ्चालन नहुँदा इन्टरनेट प्रयोगकर्ता मारमा परेका छन् ।

सदरमुकामबाहेक ग्रामीण क्षेत्रमा इन्टरनेट सञ्चालनका लागि टेलिकमले पहल नगर्दा यहाँका विद्यालय, सरकारी कार्यालय मारमा परेका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget