Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रहरी र प्रदर्शनकारीबीच झडप, चारको मृत्यु, दर्जनौ घाइते

महोत्तरी, २३ भदौ । संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज महोत्तरीको जलेश्वरमा भएको झडपमा परी चार जना आन्दोलनकारीको मृत्यु भएको छ ।

महोत्तरी गाविस–५ का रामविवेक यादव, जलेश्वर नगरपालिकाका रोहन चौधरी, मसुवा कापर तथा अर्का एकको प्रहरीको गोली लागि मृत्यु भएको हो । उनीहरुलाई अस्पताल ल्याएपछि मृत घोषित गरिएको जिल्ला अस्पताल महोत्तरीका मेडिकल अधिकृत डा सतिश साहले जानकारी दिनुभयो ।

झडपमा परी दुई दर्जनभन्दा बढी आन्दोलनकारी घाइते भएका छन् । त्यस्तै रेडियो मिर्चीका सञ्चारकर्मी विकास मिश्रसमेत घाइते भएका छन् । गाउँगाउँबाट हजारौँको सङ्ख्यामा मोर्चाका कार्यकर्ता प्रदर्शनका लागि जलेश्वर पुगेका थिए ।

झडपपछि तनावग्रस्त बनेको जलेश्वरको स्थितिलाई मध्यनजर राख्दै स्थानीय प्रशासनले आजै अपराह्न ४ः३० बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget