Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पचास पैसाबाट एक अर्ब २५ करोड पुर्‍याउँदै विकु

चितवन, ३ भदौ । दैनिक ५० पैसा सङ्कलन गरेर सुरु भएको गैँडाकोटको विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ वर्ष पूरा गर्दैगर्दा रु एक अर्ब २५ करोड ४६ लाखको सम्पत्ति जोड्न सफल भएको छ ।

विसं २०४८ मा २६ जना सदस्य मिलेर स्थापित सहकारीले दैनिक ५० पैसा (मासिक १५ रुपैयाँ) सङ्कलन गर्ने गर्दथ्यो । अहिले उक्त सहकारीमा १८ हजार ६४२ जना सदस्य छन् भने बचत सङ्कलन मात्र रु एक अर्ब एक करोड ५८ लाख ३० हजार पुगेको छ ।

सहकारीले २५ वर्ष प्रवेश गरेको अवसरमा आज नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सदस्यमध्ये ५४ प्रतिशत महिला छन् भने ४६ प्रतिशत पुरुष सदस्य रहेका छन् । तीमध्ये ५९३ सुकुम्बासी रहेको संस्थाका अध्यक्ष हीरालाल सापकोटाले जानकारी दिनुभयो । हाल न्यूनतम रु १०० र अधिकतम जति पनि रकम बचत गर्न सकिने अध्यक्ष सापकोटाले बताउनुभयो । उहाँका अनुसार सेयर पुँजी नौ करोड ५३ लाख ९५ हजार ८००, जगेडा कोष रु १२ करोड १० लाख ३३ हजार र ऋण लगानी रु ९१ करोड पाँच लाख ३४ हजार रहेको छ ।

‘बचत नै विकासको बीउ हो’ भन्ने आदर्श सोचाइका साथ अगाडि बढेको विकु सहकारीले समाजमा व्याप्त गरिबी, अशिक्षा र कुलतबाट समुदायलाई मुक्त गरी बचत गर्ने बानीको विकास गराउने तथा त्यसरी सङ्कलित बचतलाई सदस्यभित्रै परिचालन गरी विभिन्न किसिमका सामाजिक उद्यमको प्रबद्र्धन गर्ने कार्यक्रमका साथ अगाडि बढेकाले नै सफलता प्राप्त गरेको अध्यक्ष सापकोटाले बताउनुभयो ।

फजुल खर्च कम गरेर बचत गर्ने अभियानका साथ संस्था नेताले होइन नीतिले चल्छ भन्ने देखाएकै कारण सबैको आकर्षण बनेको सापकोटाको भनाइ थियो ।

सुरुका दिनमा दैनिक ५० पैसा जम्मा गर्ने अभियान लिएर गाउँ टोलमा जाँदा धेरैले हाँसोमा उडाउने गरेको स्मरण गर्दै संस्थापक अध्यक्ष खेमराज सापकोटाले गाउँलेले ५० पैसा भनेर खिसी गर्ने गरेको अनुभव सुनाउनुभयो । सामूहिक नेतृत्व र समुदायको विश्वासका कारण संस्था यो ठाउँसम्म आइपुगेको संस्थापक अध्यक्ष सापकोटाको भनाइ थियो ।

संस्थाले २०५४ सालमा नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबारको स्वीकृति समेत प्राप्त गरेको छ । संस्थाले डिभिजन सहकारी कार्यालय नवलपरासीबाट उत्कृष्ट सहकारी पुरस्कार, राष्ट्रिय सहकारी सङ्घले वार्षिक रुपमा प्रदान गर्ने सहकारी वर्ष उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घद्वारा पश्चिमाञ्चल क्षेत्रीय उत्कृष्ट सहकारी पुरस्कार, नेपालकै सर्वाेकृष्ट बचत तथा ऋण सहकारी संस्था पुरस्कारसमेत प्राप्त गरिसकेको छ ।

संस्थाले एसियाली ऋण महासङ्घको प्राविधिक सहयोगमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घद्वारा सञ्चालित एसिसिइएसएस कार्यक्रममा सहभागी भई एसिसिइएसएस ब्रान्ड प्राप्त गर्न सफल भएको अध्यक्ष सापकोटाले बताउनुभयो ।

यसैगरी, लघुवित्तको विश्वव्यापी सञ्जाल मिक्स मार्केटले पनि संस्थालाई पाँच तारा प्रदान गरेको छ भने केन्द्रीय सङ्घबाट उत्कृष्ट व्यवस्थापनको राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ ।

संस्थाले हाल छवटा सेवाकेन्द्रमार्फत तीनवटा नगरपालिका र ३३ गाविसका सदस्यलाई अनलाइन बैंकिङ, निःशुल्क एबिबिएस सेवासमेत उपलब्ध गराउँदै आएको छ भने एसएमएस बैंकिङ, एससिटी नेटवर्कको कुनै पनि बैंकको एटिएम कार्डबाट कार्ड स्वाइप गरी रकम निकाल्न सकिने सेवा पनि सुचारु गरेको छ ।

संस्थाको पहलमा माध्यमिक तहसम्मको विजय सामुदायिक शिक्षा सहकारी संस्था लि सञ्चालनमा छ । उक्त विद्यालयमा ९२ जना दलित, जनजाति, द्वन्द्वपीडित, एचआइभी प्रभावित विद्यार्थीलाई वार्षिकरुपमा छात्रवृत्तिसमेत प्रदान गरिएको संस्थाका सहसचिव गोविन्द रिमालले जानकारी दिनुभयो ।

त्यसैगरी, संस्थाले २०५९ सालमा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिको प्रवद्र्धन गरी विजय एफएमसमेत सञ्चालनमा ल्याएको संस्थाका व्यवस्थापक माधव पौडेलले जानकारी दिनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget