Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नेपाली कांग्रेसको १३ औ महाधिवेशन बाट कस्तो पार्टी बनाउने कस्तो नेतृत्व खोज्ने : राजु मास्के

नेपाली कांग्रेस मोरङमा स्वस्च्छ छवि वनाउनु भएका युवा नेता राजु मास्के आसन्न नेपाली कांग्रेसको अधिवेशनमा केन्द्रीत हुनुभएको छ ।raju maskey pic1   नेवि संघ बाट सक्रिय राजनीति प्रारम्भ गर्नु भएका मास्केले नेपाली कांग्रेसको तत्कालिन क्षेत्र नं. ७ मोरंगको  तदर्थ क्षेत्रिय समितीमा क्षेत्रिय सभापती पहिलो पटक र दोस्रो पटक पार्टीको ११ औ महाधिवेशन बाट २ तिहाई बहुमत बाट पार्टीको क्षेत्रिय सभापती हुनुभएको थियो । हाल मोरङ कांग्रेसको जिल्ला सदस्य रहनु भएको छ ।
पार्टी सञ्चालनका लागि ब्यक्तिगत स्वार्थ पुर्ण रुपमा त्याग्नु पर्ने भावना राख्नु हुने मास्के हाल मोरंग काग्रेसमा सचिव पदमा उमेद्धवारी दिनुभएको छ । अधिवेशन नजिकिदै गर्दा गरेको कुराकानीको सार संक्षेप :-
..............................
१. नेपाली काग्रेसको १३ औ मोरङ जिल्ला अधिबेसनमा तपाईको उमेद्धवारी केमा नि ?
लामो समय कांग्रेसबाट प्राप्त भएको जिम्मेवारीहरुलाई इमान्दारीका साथ कुशलतापुर्वक जिम्मेवारी निर्वाह गरिसके , नेपाल विद्यार्थी संघको तर्फवाट महेन्द्रमोरंग क्याम्पसमा २०४९ सालमा स्ववियुमा सदस्य निर्वाचित भए । त्यसपछि पार्टीको नेका क्षेत्रिय सचिव , तदर्थ समितीको क्षेत्रिय सभापती ,त्यसपछि  निर्वाचित कांग्रेस क्षेत्रिय सभापती , संगठन विभागको जिल्ला सदस्य २ पटक भईसके पछि अब सबै साथीभाईहरुको सल्लाहा र सहयोग सहित जिल्ला सचिवमा मेरो उमेद्धवारी घोषणा गरेको छु ।

२ तपाईको तयारी कस्तो हुदै छ ?
मोरंगका सवै ठाँउमा साथीहरुको राय लिईरहेको छु । पाटीका सवै साथी तथा नेपाली कांग्रेसका अग्रज महानुभावहरुबाट सकारात्मक सुझाव पाईरहेको छु । सबै गाँउ तथा नगरमा गएर साथीहरुको राय लिएको छु । उहाँ हरु पनि नेपाली कांग्रेस पार्टी कस्तो बनाउने ? कस्तो नेतृत्व खोज्ने भन्नेमा सचेत हुनुहुन्छ । उहाँहरु मेरो उमेद्धवारीमा खुसी भएको पाएको छु । गाँउदेखि केन्द्र सम्मका नेता कार्यकर्ताहरु मलाई सहयोग गर्न तत्पर हुनुभएको छु ।
३ तपाईलाई नै भोट किन ?
कांग्रेसका संस्थापक नेताहरु विपी कोईराला , गणेशमान सिंह, सुवर्ण शमशेर , कृष्णप्रसाद भट्टराई लगायका नेताहरुले जनतालाई रैती बाट नागरिक बनाउन व्यक्तिगत सुख्ख सुविधा  त्यागेर जसरी जनतामा समर्पित हुनु भएको थियो सोहि व्यवहारबाट प्रेरित भएको छु । अहिले धेरै नेताहरु जनताको सुख्ख सुविधामा भन्दा पनि आफ्नो सुख्ख सुविधामा ध्यान दिएको पाईन्छ । तर मैले सवैे जनताका लागि काम गरेको छु , उहाँहरुसँग  मेरो सुख्ख दुख्खमा साथ रहेको छ । परेको बेलामा मेरो क्षमताले भ्याए सम्म जनतालाई सहयोग गरेको छु । मेरो कुनै पनि व्यक्तिगत स्वार्थ छैन । मेरो स्वार्थ भनेकै जनतालाई कसरी समृद्ध बनाउने हो । पार्टीलाई कसरी समृद्ध बनाउने हो । मैले गरेका भुमिका लाई हेरेर नेपाली कांग्रेसको संगठनलाई सुदृढ गर्न नेपाली कांग्रेसको १३ औ महाधिबेशनमा मोरंगको जिल्ला सचिवमा सबै साथीहरुले मलाई सहयोग गर्नुहुन्छ भन्ने आशा र विश्वास लिएको छु ।
४ कांग्रेस मोरङमा पनि धेरै गुट छ भनिन्छ ?
स्वभाविक हो । नेपाली कांग्रेस भनेको विचार उत्पादन गर्ने पार्टी हो । त्यसकारण व्यक्तिगत स्वार्थलाई त्यागेर सामुहिक विकासका लागि कुनै समुह मिलेर परिवर्तनका लागि समुहगत रुपमा संगठित हुनु पार्टीमा  नराम्रो होईन । प्रतिसपर्धा पार्टी भित्र पनि छ । तर व्यक्तिवादी कांग्रेसमा लाग्ने होईन नेपाली कांगे्रस पार्टीको नीतिलाई प्राथमिकता राखेर चल्नु पर्दछ । समुहको दुरुपयोग गर्नुहुन्न । स्वस्च्छ प्रतिस्पर्धा हुनु पर्छ । जनताको मनोकांक्षा अनुसारको काम पार्टीले राख्नु पर्दछ । समयको माग अनुसार पार्टी सञ्चालन हुनु पर्दछ । दीर्घकालिन रुपमा सोचेर राजनिति गर्नु पर्दछ ।
५ कांग्रेसमा युवाहरुलाई निषेध गरेको कुरा सहि हो ?
निषेधनै गरेको त भन्न मिल्दैन तर जति युवाको प्रतिनिधित्व पार्टीमा हुनुपर्नुे हो त्यो चाहि भएको छैन । युवाहरुको विचारलाई पाटी भित्र समेटेनु पर्दछ । साथै युवाहरु पनि सक्रिय भएर पाटीको राजनीतिमा आउन जरुरी छ ।नेवि संघमा ५० बर्षको हुदा सम्म विद्याथी राजनीति गरिरहेको परिस्थिती छ ।  तरुणहरुको अवस्था तेस्तै छ । युवाहरुलाई पार्टीको राजनीतिमा आउने वातावरण मिलाउन नेतृत्व पंक्तिले सोच्नु जरुरी छ । हिजोलाई सम्मान , आजलाई प्रोत्साहन र भोलीको उत्थानको मर्म अनुरुप ,अब नेतृत्व गर्ने पालो युवाको भन्ने नाराको साथ वार्ड , गाँउ, नगर ,क्षेत्र हुदै जिल्ला र केन्द्रको नेतृत्वमा समेत युवाहरुको प्रतिनिधित्व गराउन सवै विद्याथी , तरुण तथा पार्टीका सबै साथीहरुलाई विनम्र अनुरोध गर्दछु ।
६. आधिवेशन धेरै पटक सरिसकेको छ नी ?
नेपाली कांग्रेसको १२ औ महाधिवेशनको परिस्थीतीदेखि  १३ औ महाधिवेशनमा आईपुग्दाको परिस्थिति फरक भएको छ ।  देश वैधानिक रुपमा संघियतामा जानै लागेकोे छ । संघिय  लोकतान्त्रीक गणतन्त्रात्मक नेपालको स्थापना भईसकेको अवस्थामा  यो संगै पाटीको विधान परिमार्जित गरिनु पर्ने थियो । समयमै महासमितीको वैठक बोलाईनु पथ्यो । त्यो नसक केन्द्रीय समितीबाट महाधिवेशनमा अनुमोदन हुने गरी विधान संसोधन गरिनु पथ्यो । केन्द्रीय निर्वाचन समिती बानाईनु पर्ने थियो । त्यसो नगरि क्रियाशिल सदस्यता बनाउने समयमात्रै धेरै पटक समय खर्च भएकोे छ ।  विभिन्न तहको निर्वाचन गर्ने कार्यतालिकाहरु  सहित क्रियाशिल सदस्यता वितरण गरिनु पथ्र्याे त्यो हुन सकेन । समायानुकुल रुपमा चल्न नेतृत्व सकेन भन्ने लाग्छ । यसरी गर्दा समग्र राष्ट , पार्टी र कार्यकर्ताको हित हुन सक्दैन ।

७. पार्टी व्यक्तिगत प्रणालीमा गएको जस्तो देखिन्छ नी ?
२०४६ सालको प्रजातन्त्र प्राप्त पछि हाल यस्तै लागेको आभास भइरहेको छ ।  किन भने नेपाली कांग्रेसमा अहिले सम्म नेताहरुको जन्म जयन्ती र स्मृती दिवश मात्रै मनाउने गरेको देखिन्छ । मनाउन हुदैन म भन्दिन मनाउनै पर्छ ।  देश , जनता र पार्टीका लागि समग्र जीवन व्यथित गर्ने नेताहरु विपी कोईराला , गणेशमान सिह , सुवर्ण सम्शेर , कृष्णप्रसाद भट्टराई लगायतका नेताहरुको जन्म जयन्ती , स्मृती दिवश मनाउनु पर्छ ।यसका साथै सस्थागत रुपमा पाटीको स्थापना दिवशलाई पनि पहिलो प्राथमिकतामा राखेर मनाउन जरुरी छ । पाटीका मुल्य मान्यतामा पार्टी चल्न सक्नु पर्दछ । व्यक्तिगत प्रभावले पार्टी चल्न थाल्यो भने पार्टीलाई हित हुन्छ भन्ने मलाई लाग्दैन । पार्टी भित्र नेतृत्व बर्गहरुले पनि नतावाद र कृपावादको परिस्थिती भन्दा माथि उठेर जनताको सुख्ख सुविधा र समग्र विकासमा ध्यान दिन आवश्यक छ । पार्टी भित्र भागवन्डाको राजनीति त्याग्नु पर्दछ ।

७. अन्त्यमा के भन्न चाहानुहुन्छ ?
लोकतन्त्रमा विश्वास गर्ने वुद्धिजीवि , शिक्षक , विद्यार्थी ,युवा, किसान , मजदुर , पत्रकार , विभिन्न पेशाकर्मी लगायत  सवैलाई अब यो १३ औ महाधिवेशनमा पार्टी बलियो बनाउने अभियानमा लाग्नु अनुरोध गर्दछु । , पार्टी बलियो भयो भने समग्र देश नै वलियो हुन्छ । हरेक नागरिक समृद्ध हुन्छ । व्यक्ति बलियो भयो भने केहि सिमित व्यक्तिहरुलाई मात्र फाईदा हुन्छ । त्यसकारण म होईन हामी भन्ने भावनाको अभियानमा लाग्नुस र सक्षम , कुशल र सवैको भावनालाई कदर गर्ने नेतृत्व छान्ने अभियान सुरु गर्नुहोस भन्न चहान्छ । एकता र आपसि सदभाव कायम गर्नु पर्दछ । नेपाली कांग्रेसको १३ औ मोरंग जिल्ला अधिवेशनमा जिल्ला सचिवको उमेद्धवारी नेपाली काग्रेसको संगठनलाई संस्थागत रुपमा व्यवस्थापन गर्नका लागि हो । यहाँहरुको अमुल्य सहयोगको आशा गर्दछु  । जयनेपाल ।

raju dai
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget